Home Bibles ☰ Books हिब्रू 5:14 · नेपाली बाइबल
हिब्रू 5:14 · नेपाली बाइबल

तर ठोस आहार त परिपक्कहरूकोलागि हो। जसले आफ्ना आत्मिक इन्द्रियहरूलाई असल र खराब बीचको भिन्नता छुट्टयाउन निरन्तर अभ्यास गेरकाछन्।

Cross references

उत्पत्ति 3:5

परमेश्वरले पनि जान्नु हुन्छ जब तिमीहरुले त्यस रुखको फल खान्छौ तिमीहरुको ज्ञान खोलिन्छ अनि तिमीहरु कुन असल कुन खराब जान्ने ज्ञानी भई परमेश्वर जस्तै हुनेछौ।”

2 शमूएल 14:17

म निश्चित थिए कि मेरो राजाको वचनले मलाई सहयोग हुनेछ। कारण तपाईं त परमेश्वरको दूत जस्तै हुनुहुन्छ। तपाईंलाई राम्रो र नराम्रो के हो थाहै छ। परमप्रभु तपाईंका परमेश्वर तपाईंको साथमा रहून्।”

1 राजा 3:9

यसै कारण म तपाईंसमक्ष बुद्धिको माग गर्दैछु जसको कारण म राम्ररी शासन गर्न सकूँ अनि सहीढंगमा जनतालाई न्याय दिन सकूँ। यसले मलाई सही र भूलबीच अन्तर छुट्‌याउने योग्यता दिने छ। यस महान्, बुद्धिको अभावमा यी महान् मानिसहरू माथि शासन गर्न सम्भव छैन।”

1 राजा 3:11

यसकारण परमेश्वरले उनलाई भन्नुभयो, “तैंले आफ्नो लागि दीर्घायु मागिनस् अनि तैंले धन-सम्पत्तिको माग पनि गरिनस्। तैंले आफ्ना शत्रुहरूको मृत्युको माग पनि गरिनस्। तर तैंले बुद्धिका लागि बिन्ती गरिस् अनि सही निर्णय लिइस्।

अय्यूब 6:30

म झूटो बोलिरहेको छैन। अनि म झूटोबाट सही के हो जान्दछु।”

अय्यूब 12:11

तर जसरी जिब्रोले भोजनको स्वाद लिए जस्तै, कानहरूले जसरी शब्दहरू सुनेर आनन्द लिए जस्तै हुन्छ र?

अय्यूब 34:3

जसरी जिब्रोले चाखेर खानेकुराको स्वाद परीक्षण गरिन्छ त्यसरी नै कानले पनि शब्दहरू सुनेर परीक्षण गरिन्छ।

भजनसंग्रह 119:103

तपाईंका वचनहरू मेरो मुखमा मह भन्दा पनि मीठा छन्।

श्रेष्ठगीत 1:3

तपाईंको नाउँ मुल्यवान अत्तर भन्दा सुगन्धित छ, तपाईंको गन्ध अन्य सबै अत्तरहरू भन्दा उत्तम छ। यसकारण तरूणी केटीहरूले तपाईंलाई माया गर्छन्।

श्रेष्ठगीत 2:3

हे मेरा प्रिय अन्य पुरूषहरूको बीच तपाईं जङ्गलमा अन्य धेरै रूखहरू बीच स्याऊको बोट झैं छौ। म त्यो बोट मुनि बसेर आनन्द लिन चाँहन्छु अनि त्यसको फल अति स्वदिष्ट लाग्छ।

यशैया 7:15

इम्मानुएलले नौनी र मह खानेछ, राम्रो कुराहरू छान्न र नराम्रो अस्वीकार गर्न ऊ बाँच्नेछ।

मत्ती 5:48

यसैकारणले तिमीहरू सिद्ध होऊ, जसरी तिमीहरूका स्वर्गका पिता सिद्ध हुनुहुन्छ।

मत्ती 6:22

“तिम्रो शरीरको ज्योति आँखा हो। यदि तिम्रा आँखाहरू निर्मल छन् भने, तिम्रा सारा शरीर उज्यालो रहनेछ।

Interlinear

Choose Theme