Home Bibles ☰ Books उत्पत्ति 9:20 · नेपाली बाइबल
उत्पत्ति 9:20 · नेपाली बाइबल

नूह नै दाखको खेती गर्ने पहिलो खेतीवाला थिए।

Cross references

उत्पत्ति 3:18

त्यो भूमिले तिम्रो निम्ति जंङ्गली घाँस र काँढाहरु उमार्नेछ अनि तिमीले जङ्गलमा उम्रेको सागपात खानु पर्नेछ।

उत्पत्ति 3:23

परमप्रभु परमेश्वरले आदमलाई बलपूर्वक जमीन जोत्नु निकाल्नु भयो जहाँबाट उसलाई सिर्जना गरिएको थियो।

उत्पत्ति 4:2

तिनले फेरि अर्को छोरो हाबिललाई जन्माइन। हाबिल भेडा गोठालो भयो अनि कयिन खेतीवाला भयो।

उत्पत्ति 5:29

उनले आफ्नो छोरोको नाउँ न्‌ह राखे। उनले भने, “यसले हाम्रो काममा विश्राम दिओस्। परमेश्वरले भूमिलाई श्राप दिनु भएकोले हामी खेतीको लागि कठिन परिश्रम गर्छौ। तर नूहले हामीलाई विश्राम दिनु हुनेछ।”

व्यवस्था 20:6

के यहाँ त्यस्तो कोही मानिस छ जसले दाखको खेती लगाएको छ तर दाख टिपेर बटुल्न पाएको छैन। यदि यहाँ त्यस्तो कोही मानिस भए त्यो घर फर्केर जाओस्, नत्र यो मानिस लडाइँमा मरे उसको खेतमा फलेको दाख अर्को मानिसले भोग गर्नेछ।

व्यवस्था 28:30

“स्त्री एकजना तिमीसित मगनी हुनेछ तर कोही अर्को मानिस तिनीसित लैंगिक सर्म्पक राख्नेछ। तिमीले घर बनाउने छौ तर त्यसमा बस्नु पाउने छैनौ। तिमीले अङ्गुरको खेती गर्नेछौ तर बाली उठाउन पाउने छैनौ।

हितोपदेश 10:11

इमान्दार मानिसको मुख जीवनको स्रोत हो, तर मूर्ख मानिसको मुखबाट घृणीत कुराहरू मात्र निस्कन्छन्।

हितोपदेश 12:11

आफ्नो खेतमा काम गर्ने कृषक सित प्रशस्त खाने चीज हुन्छ, तर बेकारमा समय नष्ट गर्ने मानिसको बुद्धि हुदैन।

हितोपदेश 24:30

म एकजना अल्छे मानिसको भूमि भएर हिडदै आएँ। म एउटा विवेकहीन मानिसको दाखबारी भएर हिँडे।

उपदेशक 5:9

यति हुँदाहुँदै पनि कुनै खेती गर्न योग्य भूमिमा एउटा राजा हुनु देशको निम्ति लाभदायक हो। राजा पनि अन्तमा एउटा दास नै हो।

श्रेष्ठगीत 1:6

मलाई नहेर, म कति काली छु, मलाई घामले काली पारेको हो। मेरा दाज्यू-भाइहरू म प्रति क्रोधित थिए, त्यसैले तिनीहरूले मलाई उनीहरूको दाखबारीहरू हेर्नु अह्राए, त्यसै कारण मैले आफैंलाई ध्यान पुर्याउन पाइनँ।

यशैया 28:24

के किसानले सारा समय खेत जोतिरहन्छ? होइन! के पूरै समय त्यसले माटो फुटाउने काम गर्छ? होइन!

1 कोरिन्थी 9:7

आफ्नो खर्च आफैं भरेर सेनामा काम गर्ने कुनै सिपाही छ? कोही यस्तो होला जसले अंगुरको खेती लगाएर एउटा पनि फल नखाने? कोही गोठालो होला जसले भेडाको दुध पिउँदैन?

Interlinear

Choose Theme