Home Bibles ☰ Books व्यवस्था 20:6 · नेपाली बाइबल
व्यवस्था 20:6 · नेपाली बाइबल

के यहाँ त्यस्तो कोही मानिस छ जसले दाखको खेती लगाएको छ तर दाख टिपेर बटुल्न पाएको छैन। यदि यहाँ त्यस्तो कोही मानिस भए त्यो घर फर्केर जाओस्, नत्र यो मानिस लडाइँमा मरे उसको खेतमा फलेको दाख अर्को मानिसले भोग गर्नेछ।

Cross references

लेवी 19:23

“भविष्यमा तिमी आफ्नो देशमा जानेछौ र त्यहाँ धेरै फलका बोटहरू खानको निम्ति रोप्नेछौ। तर तीन वर्षसम्म तिमीले ती बोटहरूबाट फल प्रयोग गर्न पाउने छैनौ।

व्यवस्था 28:1

“अब यदि तिमीहरू आज मैले बताएको परमप्रभु तिमीहरूका परमेश्वरको आज्ञाहरू पालन गर्न होशियार भयौ भने परमप्रभु आफ्ना परमेश्वरले तिमीहरूको राष्ट्रलाई पृथ्वीका अन्य सबै राष्ट्रहरू भन्दामाथि राख्नु हुँनेछ।

व्यवस्था 28:30

“स्त्री एकजना तिमीसित मगनी हुनेछ तर कोही अर्को मानिस तिनीसित लैंगिक सर्म्पक राख्नेछ। तिमीले घर बनाउने छौ तर त्यसमा बस्नु पाउने छैनौ। तिमीले अङ्गुरको खेती गर्नेछौ तर बाली उठाउन पाउने छैनौ।

यशैया 65:22

कहिल्यै पनि एकजनाले घर बनाउने छैन अनि अर्को मानिस त्यसमा बस्ने छैन्। कहिल्यै पनि एकजनाले बगैंचा लगाउने छैन अनि अर्को मानिसले बगैंचाको फलफूल खाने छैन्। मेरा मानिसहरू रूखहरू बाचुञ्जेल सम्म बाँच्नेछन्। मैले रोजेका मानिसहरू आफूले बनाएका चीजहरू प्रसन्न भएर लिनेछन्।

यर्मिया 31:5

तिमीहरूले दाखरसको खेती फेरि सामरियाको पहाड वरिपरि लाउनेछौ। जसले खेती लाउनेछन् तिनीहरूले दाखको फल खानेछन्।

सपन्याह 1:13

तब तिनीहरूको सबै सम्पत्ति लुटिनेछन्, अनि घरहरू नष्ट हुनेछन्। तिनीहरूले घर बनाए तापनि त्यसमा बस्न पाउँने छैनन्। तिनीहरूले दाखको बोट रोपे पनि त्यसको दाखरस खान पाउने छैनन्।”

Interlinear

Choose Theme