Home Bibles ☰ Books उत्पत्ति 5:29 · नेपाली बाइबल
उत्पत्ति 5:29 · नेपाली बाइबल

उनले आफ्नो छोरोको नाउँ न्‌ह राखे। उनले भने, “यसले हाम्रो काममा विश्राम दिओस्। परमेश्वरले भूमिलाई श्राप दिनु भएकोले हामी खेतीको लागि कठिन परिश्रम गर्छौ। तर नूहले हामीलाई विश्राम दिनु हुनेछ।”

Cross references

उत्पत्ति 3:17

त्यसपछि परमप्रभु परमेश्वरले त्यस मानिसलाई भन्नुभयो,“जब तिमीले तिम्री पत्नीको कुरा मानेर मैले नखानु भनी आज्ञा दिएको रुखको फल खायौ र म तिम्रो कारणले भूमिलाई सराप्ने छु जुन खाद्यय पदार्थ भूमिबाट तिमीले पाउनेछौ त्यसको निम्ति तिमीले तिम्रो सारा जीवन भरि मेहनत गर्नु पर्नेछ।

उत्पत्ति 4:11

तैंले तेरो भाइको हत्या गरिस् र तेरो हातबाट रगत पिउनलाई भूमिले मुख बाही रहेकोछ। यसकारण अब म त्यस भूमिमा नराम्रो कुराहरु हुने बनाइदिनेछु।

उत्पत्ति 6:8

तर न्‌हले परमप्रभुलाई खुशी तुल्याए।

उत्पत्ति 7:23

यसर्थ पृथ्वीको सतहमा रहने मानिसहरु पशुहरु, घस्रिने जन्तुहरु अनि आकाशमा उड्ने प्राणीहरु परमेश्वरले नष्ट पार्नु भयो। यी सब प्राणीहरुलाई पृथ्वीबाट नष्ट गरियो। केवल नूह र उनीसंगै जहाजमा भएका मानिसहरु र अन्य प्राणीहरु मात्र जीवित रहे।

उत्पत्ति 9:24

जब नूह मद्य निद्राबाट बिउँझिए उसको कान्छो छोरोले के गरेको थियो थाहा पाए।

यशैया 54:9

परमेश्वर भन्नुहुन्छ, “सम्झ नूहको समयमा मैले संसारलाई जलप्रलयद्वारा दण्डित गरेको थिएँ। तर मैल नूहसँग वचन राखेको थिएँ कि म फेरि संसारलाई जलप्रलय द्वारा विध्वंश गर्ने छैन। त्यस्तै प्रकारले म तिमीहरूसँग करार बाँध्दछु कि कहिल्यै पनि म तिमीहरूसँग रिसाउने छैन अनि नराम्रा कुराहरू गर्ने छैन।”

इजकिएल 14:14

म त्यस देशलाई दण्ड दिन्छु त्यहाँ नूह, दानियल अनि अय्यूब नै किन नबसुन्, उनीहरू आफ्नो जीवन आफ्नो धार्मिकताद्वारा बचाउँन सक्छन् तर तिनीहरूले सम्पूर्ण देशलाई बचाउँन सक्तैनन्।” परमप्रभु मेरा मालिकले यी सबै कुरा भन्नुभयो।

इजकिएल 14:20

यदि नूह, दानियेल अनि अय्यूब त्यहाँ बस्थे भने पनि म ती तीनजना राम्रो मानिसहरूलाई बचाउँथें किनकि ती तीनैजना राम्रा मानिसहरू हुन्। ती तीनैजना आफ्नो जीवन स्वंय बचाउन सक्छन्। तर म आफ्नो जीवनको शपथ खाएर भन्छु अरू मानिसहरूको जीवन तिनीहरूले बचाउँन सक्तैंनन्, यहाँ सम्म ताकि आफ्ना छोरा-छोरीको जीवन पनि बचाउँनु सक्तैनन।” परमप्रभु मेरो मालिकले यी सबै कुरा भन्नुभयो।

मत्ती 24:37

मानिसको पुत्र आउदा, त्यसबेला त्यस्तै स्थिति हुनेछ जस्तो स्थिति नूहको समयमा भएको थियो।

लूका 3:36

शेलह केनानक पुत्र थिए। केनान अर्पक्षदक पुत्र थिए। अर्पक्षदक शेमका पुत्र थिए। शेम नूहका पुत्र थिए। नूह लेमेखका पुत्र थिए।

लूका 17:26

मानिसको पुत्र आँउदा पनि त्यही हुनेछ जुन नूहको समयमा भएको थियो।

हिब्रू 11:7

नूहले त्यसबेला सम्म जुन देखेकै थिएनन् त्यसको लागि उनलाई परमेश्वरले चेतावनी दिनुभयो, परमेश्वर प्रति नूहको विश्वास र श्रद्धा थियो। यसर्थ उनले आफ्नो परिवारलाई बचाउन एउटा ठूलो जहाज बनाए। आफ्नो विश्वासले संसार गल्ती छ भन्ने उनले देखाए अनि विश्वासद्वारा परमेश्वरका धर्मी बनिने ती मानिसहरूमध्ये उनी एकजना भए।

1 पत्रुस 3:20

ती आत्माहरु तिनीहरु हुन् जसले नूहको समयमा परमेश्वरको आज्ञा पालन गर्न अस्वीकार गरेका थिए। परमेश्वरले तिनीहरुलाई धैर्यसित प्रतिक्षा गरिरहनु भएको थियो जुन बेला नूहले जहाज बनाइरहेका थिए। केवल जम्मा आठजना त्यस जहाजमा बाँचेका थिए। ती मानिसहरुलाई पानीले बचाएको थियो।

Interlinear

Choose Theme