म मेरो करार सम्झनेछु ताकि कहिले पनि फेरि बाढीले पृथ्वीका सजीव प्राणीहरुलाई नष्ट गर्ने छैन।
Cross references
परमप्रभुले त्यस बलिदानहरुको बास्ना लिएपछि मनमा भन्नुभयो, “फेरि पृथ्वीलाई कहिल्ये पनि सराप दिने छैन। यसर्थ अब उसो कहिले पनि यस प्रकारका जीवित प्राणीहरुलाई नष्ट पार्ने छैन।
म मेरो करार सबै चराहरु अनि पाल्तू पशुहरु अनि पृथ्वीमा भएका सबै जनावरहरुसित जो तिमीहरुसित जहाजभित्र, पृथ्वीको सबै जीवित प्राणीहरुसित गर्नेछु।
तब यी खोपिएको रत्नहरू एपोदको काँधहरूमाथि लगाई देऊ। जब हारून परमप्रभुको सामुने उभिन्छ, उसले एपोद जहाँ याकूबका छोराहरूले नाउँ खोपेर जोडेको रत्नहरू छन् काँधहरूमाथि लगाउँछ। यी रत्नहरूले परमप्रभुलाई इस्राएलीहरूको विषयमा सम्झना गराउँछ।
मैले याकूब, इसहाक र अब्राहामसँग गरेको करार र त्यस देशलाई पनि सम्झनेछु।
“यसकारण, सम्झना गर परमप्रभु तिमीहरूका परमेश्वर एक मात्र परमेश्वर हुनुहुन्छ जसलाई तिमीहरू विश्वास गर्न सक्छौ। उहाँ आफ्नो करार राख्नुहुन्छ। जसले उहाँलाई प्रेम गर्छ र उहाँका आज्ञाहरूको पालन गर्छ। उहाँ आफ्नो प्रेम दया दर्शाउनु हुन्छ। हजारौ पुस्तासम्म उहाँ आफ्नो दया र प्रेम देखाउनुहुन्छ।
उनले भनेः“परमप्रभु, इस्राएलका परमेश्वर, अकाश अथवा धर्तीमा तपाईं जस्तो अरू कुनै परमेश्वर छैन। तपाईंले आफ्ना भक्तहरूसँग करार गर्नुभएको छ किनभने तपाईं उनीहरूलाई प्रेम गर्नु हुन्छ तपाईं आफ्नो वचनलाई पूरा गर्नुहुन्छ तपाईं तपाईंको अनुसरण गर्ने मानिसहरूका लागि दयालु अनि साँचो हुनुहुन्छ।
अब, हे परमेश्वर, महान परमेश्वर, शक्तिशाली अनि भय योग्य परमेश्वर, जसले उहाँका करार प्रेममय विश्वास सँग पालन गर्नुहुन्छ, हाम्रो कष्टहरूलाई साधारण नसम्झनु त्यो कठिनाई हामीमाथि आएको थियो, हाम्रा राजाहरूले, हाम्रा पूजाहारीहरूले, हाम्रा अगमवक्ताहरूले, हाम्रा पिता-पुर्खाहरूले तपाईंका सम्पूर्ण मानिसहरूले अश्शूरका राजाहरूको समय देखि लिएर आज सम्म सहे।
परमेश्वरले आफ्ना करार सधैं याद गर्नुहुन्थ्यो र तिनीहरूलाई स-प्रेम सान्त्वना दिनु हुन्थ्यो।
म अत्यन्तै क्रोधित भएँ अनि तिमीहरूदेखि केही क्षणको लागि लुके। तर म तिमीहरूलाई सदा सर्वदा कृपाले सान्त्वना दिनेछु।” परमप्रभु तेरा उद्धारक भन्नुहुन्छ।
हे परमप्रभु, तपाईंको नाउँको लागि हामीलाई तिरस्कार नगर्नुहोस्। महिमामय सिंहासनमाथि अपमान नल्याउनु होस्। हामीसित रहेको तपाईंको करार भंग नपार्नुहोस्।
तर मलाई त्यो करार याद छ जुन त्यस समय गरिएको थियो, जुन समय तिमी नानी थियौ। मैले तिमीसँग करार गरेको थिएँ जुन सधैं रहने थियों।
उहाँले हाम्रा पुर्खाहरूलाई दया गर्नेछु भन्नु भएकोछ। उहाँले पवित्र करार पनि स्मरण गर्नु भएकोछ।