Home Bibles ☰ Books उत्पत्ति 9:10 · नेपाली बाइबल
उत्पत्ति 9:10 · नेपाली बाइबल

म मेरो करार सबै चराहरु अनि पाल्तू पशुहरु अनि पृथ्वीमा भएका सबै जनावरहरुसित जो तिमीहरुसित जहाजभित्र, पृथ्वीको सबै जीवित प्राणीहरुसित गर्नेछु।

Cross references

उत्पत्ति 8:1

नूह र उनीसित जहाजमा जो मानिस पशु र चराहरु थिए, तिनीहरुलाई परमेश्वरले सम्झनु भयो। परमेश्वरले पृथ्वीमा हावा बहाउनु भयो। र पानी बिस्तारै घट्न थाल्यो।

उत्पत्ति 8:19

आफ्नो-आफ्नो परिवार, प्रत्येक जनावर, घस्रने प्राणीहरु, प्रत्येक चरा जो पनि पृथ्वीमाथि हिंड्डुल गर्छन् तथा आकाशमा उड्छन् ती सबै पृथ्वीमा ओर्लिए।

उत्पत्ति 9:15

म मेरो करार सम्झनेछु ताकि कहिले पनि फेरि बाढीले पृथ्वीका सजीव प्राणीहरुलाई नष्ट गर्ने छैन।

अय्यूब 38:1

तब परमेश्वर भुँवरीबाट अय्यूबसित बोल्नु भयो। परमेश्वरले भन्नुभयोः

अय्यूब 41:1

“अय्यूब, तिमीले वृहत जन्तुलाई माछा पक्रने बल्छीले समात्न सक्छौ? त्यसको जिब्रोमा डोरीले बाँध्न सक्छौ?

भजनसंग्रह 36:5

हे परमप्रभु, तपाईंको स्नेहपूर्ण करूणा आकाश भन्दा पनि उच्च छ। तपाईंको विश्वसनीयता बादलहरूभन्दा पनि उच्च छ।

भजनसंग्रह 145:9

परमप्रभु प्रत्येक मानिसको लागि असल हुनुहुन्छ। परमेश्वरले बनाउनु भएको प्रत्येक कुरामाथि आफ्नो दया देखाउनु हुन्छ।

होशे 2:20

म तिमीलाई मेरी विश्वास योग्य दुलही बनाउँनेछु। त्यसपछि तिमी साँचो अर्थमा परमप्रभुलाई जान्नेछौ।

योना 4:11

यदि तँ त्यो बोटको निम्ति व्याकुल हुन सक्छस् भने के यति ठूलो शहर निनवे, जसमा धेरै मानिसहरु अनि वस्तुहरुछन्। त्यस शहरमा 1,20,000 भन्दा बढ्ता मानिसहरुछन्, तिनीहरुले जान्दैनन् कि तिनीहरुले भूल गरिरहेका छन्।” 

Interlinear

Choose Theme