तब यी खोपिएको रत्नहरू एपोदको काँधहरूमाथि लगाई देऊ। जब हारून परमप्रभुको सामुने उभिन्छ, उसले एपोद जहाँ याकूबका छोराहरूले नाउँ खोपेर जोडेको रत्नहरू छन् काँधहरूमाथि लगाउँछ। यी रत्नहरूले परमप्रभुलाई इस्राएलीहरूको विषयमा सम्झना गराउँछ।
Cross references
अनि परमेश्वरले भन्नुभयो, “यो चाँहि मैले तिमीहरु र तिमीहरुसित भएका प्राणीहरुसित गरेको करारको चिन्ह हो। यो करार पृथ्वीमा तिमीहरुका सन्तान जति पनि जन्मन्छन् सबैसित सधैं रही रहनेछ।
“यसकारण यो एउटा स्मरणीय दिन हुनेछ। अनि तिमीहरूको निम्ति यो एक विशेष पवित्र चाड हुनेछ। तिमीहरूका संन्तानहरूले सदा सर्वदा यो पवित्र चाडलाई परमप्रभुलाई भक्ति गर्ने दिनको रूपमा मान्नु पर्छ।
“यस पवित्र चाडले तिमीहरूलाई सम्झना गराउने छ यो हातमा बाँधेको धागो आँखाअघि राखिएको चिन्ह जस्तो हुनेछ। यस पवित्र दिनले तिमीहरूलाई परमप्रभुले दिनु भएको उपदेशहरू सम्झना गराउनेछ। यसले तिमीहरूलाई त्यही दिनको सम्झना गराउँछ परमप्रभुले आफ्नो महाशक्ति प्रयोग गरेर तिमीहरूमाथि करूणा गर्नु भएको थियो।
यी दुवै टुक्राले काँधे बन्धन हुनुपर्छ, एउटाले अर्कोको छेउ जोडिएको हुनुपर्छ।
“हारून जब पवित्र स्थानमा जान्छन् उनले आफ्नो छातीमा त्यो न्यायको थैली लगाएको हुनुपर्छ। यसरी इस्राएलाका बाह्र जना छोराहरूको नाउँ हारूनको छातीमाथि परमप्रभुको सम्झनामा सदा-सर्वदा रहनेछ।
ती शिल्पकारहरूले एपोदको सुनको घेराहरूमा गोमेद पनि लगाए। त्यसका मणिहरूमा तिनीहरूले इस्राएलीहरूको छोराको नाउँ कुँदे।
प्रत्येक पंक्तिमा शुद्ध सुगन्धित धूप जलाऊ। यसले परमप्रभुलाई आगोद्वारा बलि चढाएको सम्झना गराउन सहायता गर्छ।
तिनले यो काम मोशा मार्फत पाएको आज्ञा अनुसार गरे। त्यो वेदी ढाक्ने पाता चाँहि इस्राएलको मानिसहरूका निम्ति याद दिलाउने एक चिन्ह हुनेछ कि हारूनको सन्तान बाहेका अन्य कुनै अनाधिकृत मानिसले परमप्रभु अघि धूप जलाउने छैन नत्र कोरह र उसको अनुयायीहरू झैं ऊ मर्ने छ।
यसर्थ मोशा र पूजाहारी एलाजारले परमप्रभु अघि इस्राएली मानिसहरूको स्मृति चिन्ह स्वरूप ती सुनको गहनाहरू एक हजार र एक सय सेनाहरूका कप्तानहरूबाट लिएर भेट हुने पालमा राखे।
तिमीहरूले छोरा-छोरीहरूलाई भन्ने छौ कि परमप्रभुले यर्दन नदीको पानी बग्न बन्द गरिदिनु भयो। जब परमप्रभुको करारको पवित्र सन्दूक नदीपार भयो। ती ढुङ्गाहरूले इस्राएलका मानिसहरूलाई यो कुरा सदा याद गर्नमा सहायता गर्नेछ।”
तब म त्यो चिन्ह स्वरूप मेरो घाँटी वरिपरि बाँध्नेछु म त्यसलाई मुकुट झैं आफ्नो शिरमा लगाउनेछु।
एक पल्ट तपाईंले आफ्ना पवित्र जनहरूसित दर्शनमा बोल्नुभयो, र भन्नुभयो, मैले एक योद्धालाई बल प्रदान गरेको छु, मैले मानिसहरूबाट एउटा युवकलाई उच्च पारेको छु।
कुनै विशेष बालक जन्मदा त्यस्तो घट्ना हुनेछ। परमेश्वरले हामीलाई एउटा पुत्र दिनु हुनेछ। त्यही बालकले मानिसहरूमाथि शासन गर्ने जिम्मेवारी लिनेछ। उहाँका नाउँ “अचम्मका सल्लहाकार, पराक्रमी परमेश्वर, सनातनका पिता, शान्तिका राजकुमार कहलाउनु हुनेछ।”