Home Bibles ☰ Books 2 इतिहास 17:2 · नेपाली बाइबल
2 इतिहास 17:2 · नेपाली बाइबल

तिनले सैनिकहरूका दलहरू यहूदाका सबै शहरहरूका किल्लाहरूमा राखे। यहोशापातले यहूदामा अनि तिनका पिता आशाले अधिकारमा लिएका एप्रैमका शहरहरूमा सैनिकहरूको किल्ला समूह लगाए।

Cross references

2 इतिहास 11:5

रहबाम यरूशलेममा बस्थे। तिनले आक्रमणको विरूद्ध रक्षा गर्नका निम्ति यहूदामा मजबूत शहरहरू बसाले।

2 इतिहास 11:11

जब रहबामले ती शहरहरूलाई सुदृढ तुल्याए तब तिनले त्यसमा सेनापतिहरू राखे। तिनले ती शहरहरूमा भोजन, तेल र दाखरसको आफ्ूर्तिको व्यवस्था पनि गरिदिए।

2 इतिहास 13:19

अबियाहका सेनाले यारोबामका सेनालाई खेदे। अबियाहका सेनाले यारोबामबाट बेतेल, येशना अनि एप्रोन शहरहरू कब्जा गरे। तिनीहरूले ती शहरहरू अनि ती शहरहरू नजिकका सा-साना गाउँहरू अधिकारमा ल्याए।

2 इतिहास 15:8

जब आसाले यी वचनहरू अनि संन्देशहरू ओबेद, अगमवक्ताबाट सुने तिनी खूबै उत्साहित भए। त्यसपछि उसले ती घृणित मूर्तिहरू यहूदा अनि बिन्यामीनका सबै स्थानबाट हटाए। आसाले ती घृणित मूर्तिहरू एप्रैमका पहाडी देशकाअधिकारमा ल्याएका शहरहरूबाट पनि हटाए। अनि तिनले परमप्रभुको वेदी मरम्मत गरे जो परमप्रभुको मन्दिरको दलान अघि थियो।

2 इतिहास 17:19

ती सबै सैनिकहरू राजा यहोशापातका सेवा गर्थे। राजाका अन्य मानिसहरू पनि पूरा यहूदा देशका किल्लाहरूमा थिए।

Interlinear

Choose Theme