“नप्ताली स्वतन्त्र दगुर्ने मृग जस्तै हो। अनि उसका शब्दहरू मृगका पाठा-पाठीहरू भन्दा सुन्दर छन।”
Cross references
राहेलले भनीन्, “मैले मेरी दिदीसित साह्रै कठिन प्रतियोगिता गर्नु पर्यो अनि अन्तमा मैले उसलाई जितें।” यसर्थ उनले त्यस छोरोको नाउँ नप्तालि राखीन्।
नप्तालीका छोराहरूः यहसेल, गुनी, येसेर अनि शिल्लेम थिए।
नप्तालीको विषयमा मोशाले भनेः “नप्ताली, तिमीले धेरै राम्रो चीजहरू पाउनेछौ। परमप्रभुले साँच्चै नै तिमीलाई आशिष दिनु हुनेछ। तिमीहरूले गालील झिलको भूमि भेटूने छौ।”
भूमिको छैटौं भाग नप्तालीको कुल समूहलाई दिइयो। त्यस कुल समूहका प्रत्येक वंशले भूमिका आफ्ना भाग पाए।
दबोराले बराक नाउँ भएको मानिसलाई एउटा सन्देश पठाइन्। बाराक अबीनोअम नाउँका मानिसका छोरा थिए। बाराक केदेश शहरमा बस्थे जो नप्तालीको इलाकामा थियो। दबोराले बाराकलाई भनिन्, “परमप्रभु इस्राएलको परमेश्वरले तिम्रो निम्ति यो आज्ञा दिनु भएको छ, ‘जाऊ अनि नप्ताली अनि जबूलूनका कुल समूहहरूबाट 10,000 मानिसहरूलाई भेला गर। ती मानिसहरूलाई लगेर ताबोर पर्वतमा जाऊ।
केदेश शहरमा, बाराकले जबूलून अनि नप्ताली कुल समूहहरूलाई बोलाए। बाराकले ती कुल समूहहरूबाट तिनको अनुसरण गर्नलाई 10,000 मानिसहरू भेला गरे। दबोरा पनि बाराकसित गइन्।
तर जबूलून अनि नप्तालीका मानिसहरूले ती पहाडहरूमा युद्ध गर्दै आफ्ना प्राणलाई जोखिममा पारे।
ती अग्रजहरूले रहबामलाई भने, “यदि तपाईं ती मानिसहरू प्रति दयालु हुनुभयो अनि तिनीहरूलाई खुशी पार्नुभयो अनि तिनीहरूलाई राम्रो कुरा भन्नुभयो भने तिनीहरूले सदा सर्वदा तपाईंको सेवा गर्नेछन्।”
परमेश्वरले मलाई मृग जस्तो चाँडो दगुर्न सक्ने क्षमता दिनुहुन्छ। उहाँले सर्वोच्च ठाउँहरूमा मलाई दृढ भई उभिने बनाउनु हुन्छ।
“जबुलूनको मुलुक र नप्तालीको मुलुक, यर्दन नदीपारि समुन्द्रको किनार गालील, गैर-यहूदीहरूको मुलुक-