परमेश्वरले मलाई मृग जस्तो चाँडो दगुर्न सक्ने क्षमता दिनुहुन्छ। उहाँले सर्वोच्च ठाउँहरूमा मलाई दृढ भई उभिने बनाउनु हुन्छ।
Cross references
परमप्रभुले याकूबलाई पहाडी देशलाई कब्जा गर्न लानु भयो अनि याकूबले खेतको उब्जनी लगे। परमप्रभुले उसलाई पहराको मह दिनुभयो, अनि भद्राक्षको तेल चट्टानबाट निकालेर बनाउनु भयो।
हे इस्राएल! तिमीले आशीर्वाद पाएका छौ, अरू कुनै जाति तिमी जस्तो छैन। परमप्रभुले तिमीलाई जोगाउनु भयो। परमप्रभु तिमीलाई सुरक्षित राख्ने बलियो ढाल जस्तो हुनु हुन्छ। परमप्रभु शक्तिशाली तरवार जस्तो हुनु हुन्छ। तिम्रा शत्रुहरू तिमीसँग डराएका हुनेछन् अनि तिमीले तिनीहरूका पवित्रस्थानहरू कुल्चिने छौ।”
सरूयाहका तीनजना छोराहरू योआब, अबीशै र असाहेल नामका थिए। असाहेल जंगली मृग जस्तै कुद्न सक्थे।
परमप्रभु स्वर्गबाट गर्जनु भयो! र अति उच्च परमेश्वरको चर्को स्वर सुनियो।
म परमप्रभु हुँ। म मात्र परमेश्वर हुँ। म बाहेक अरू परमेश्वर छैन्। मैले तिमीलाई बलसँगै लुगा लगाइदिएँ। तर अझै तिमी मलाई बुझ्दैनौ।
परमप्रभु जो मेरा मालिकले मलाई बल दिनुहुन्छ, उहाँले मलाई हरिण जस्तै दगुर्नमा मलाई सहायता गर्नु हुन्छ।उहाँले मलाई सुरक्षासंग पहाडमा चढाउँनु हुन्छ।संङ्गीत- निर्देशकको निम्तितार- वाद्यहरुमा बजाइने राग।