Home Bibles ☰ Books उत्पत्ति 47:15 · नेपाली बाइबल
उत्पत्ति 47:15 · नेपाली बाइबल

केही समय पछि मिश्र र कनान देशका मानिसको पैसा सकियो। तिनीहरूले आफ्नो सबै पैसा अन्न किनेरै खर्च गरे। यसर्थ मिश्रका मानिसहरूले यूसुफलाई भने, “हाम्रो पैसा सकियो हामीलाई खाने कुरा दिनुहोस्। यदि हामीले खान पाएनौ भने तपाईंको अघि नै हामी मर्नेछौं।”

Cross references

उत्पत्ति 41:36

त्यो जम्मा गरिएको अन्न अनिकालको समय मिश्रमा उपयोग हुनेछ, यसर्थ मानिसहरू सात वर्ष अनिकालमा भोकले मर्ने छैनन्।”

उत्पत्ति 47:18

तर अर्को वर्ष मानिसहरूसित अन्न किन्ने पैसा तथा पशुहरू केही थिएन। यसर्थ मानिसहरू यूसुफकहाँ गए अनि भने, “तपाईं जान्नु हुन्छ हामीसित पैसा छैन अनि पशुहरू पनि तपाईंकै भए। यसर्थ हामीसित यस घडी हाम्रो जीवन र जग्गा जमीनबाहेक केही छैन।

उत्पत्ति 47:24

“फसल उठाउँदा तिमीहरू उब्जनीको पाँचौ हिस्सा फिरऊनलाई दिनु पर्छ। आफ्नो निम्ति तिमीहरूले अर्को फसलको निम्ति बीउ चार भाग राख्न सक्छौं। आफ्नो खेतमा र अन्न उब्जाउन सक्छौ। अब तिमीहरू आफ्नो परिवार र नानीहरूलाई खुवाउन सक्छौ।”मानिसहरुले भने, “हामी फिरऊनको कमारा हुन खुशी छौं। कारण तपाईंले हामीलाई हाम्रो जीवन दान दिनु भयो।”

न्यायकर्ता 8:5

गिदोनले सुक्कोतका मानिसहरूसित भने, “मेरा सैनिकहरूलाई केही खाना देऊ। मेरा यी सैनिकहरू अत्यन्त थकित छन्। हामीहरू अझ जेबह अनि सल्मुन्ना, मिद्यानका राजाहरूलाई खेदिरहेका छौं।”

न्यायकर्ता 8:8

गिदोन सुक्कोत शहर छोडेर पन्‌एल शहर तिर गए। गिदोनले पन्‌एलका मानिसहरूलाई भोजन मागे, जसरी उसले सुक्कोतका मानिसहरूसँग मागेका थिए। तर पन्‌एलका मानिसहरूले गिदोनलाई सुक्कोतका मानिसहरूले जस्तै उत्तर दिए।

1 शमूएल 21:3

दाऊदले अहीमेलेकलाई जवाफ दिए, “राजाले मलाई विशेष आदेश दिनुभएको छ। उहाँले भन्नु भएको छ, ‘यो यात्राको उद्देश्य कसैले पनि थाहा नपाओस्। कुनै पनि मानिसले थाहा नपाओस्। जो मैले भने।’ मैले आफ्ना मानिसहरूलाई कहाँ भेट्नुपर्ने हो बताइदिएको छु।

1 शमूएल 25:8

तपाईंले सेवकहरूलाई सोध्नुहोस् अनि तिनीहरूले सत्य बोल्ने छन्। मेरो जवान मानिसहरूप्रति दया गर्नुहोस्। अहिले उत्सवको समय भएको कारण, तपाईंले जे गर्नु सक्नुहुन्छ मेरो सेनाहरूलाई गरिदिनुहोस्। मेरो निम्ति यति काम गरिदिनुहोस्, तपाईंको मित्र दाऊद।”

भजनसंग्रह 37:3

यदि तिमीहरू परमप्रभुमा भरोसा गर्छौ र राम्रो कामहरू गर्छौ भने तिमीहरू भूमिले दिने धेरै चीजहरूसित बाँच्नेछौ र आनन्द लिने छौं।

यशैया 33:16

ती मानिसहरू उच्च ठाउँहरूमा सुरक्षित बस्ने छन्। तिनीहरूले सँधै भोजन र पानी पाउनेछन्। तिनीहरू उच्च चट्टाने किल्लाहरूमा सुरक्षित बस्नेछन्।

मत्ती 6:11

आज हामीलाई प्रत्येक दिन चाहिने भोजन दिनुहोस्।

Interlinear

Choose Theme