गिदोनले सुक्कोतका मानिसहरूसित भने, “मेरा सैनिकहरूलाई केही खाना देऊ। मेरा यी सैनिकहरू अत्यन्त थकित छन्। हामीहरू अझ जेबह अनि सल्मुन्ना, मिद्यानका राजाहरूलाई खेदिरहेका छौं।”
Cross references
शालेमका राजा पनि मल्कीसेदेक रोटी र दाखरस लिएर अब्रामसित भेट्न आए। तिनी सर्वोच्च परमेश्वरको पूजाहारी थिए।
तर याकूब सुक्कोत गए अनि त्यहाँ उनले एउटा घर र पशुहरूको निम्ति सानो खोर बनायो। यही कारणले यस ठाउँको नाउँ सुक्कोत राखियो।
किन? किनभने तिनीहरूले मिश्र देशबाट निएलेर यात्रा गरेको समयमा तिमीहरूलाई रोटी र पानी दिन अस्वीकार गरेका थिए। तिनीहरूले मेसोपोटामियामा पतोरको शहरमा बस्ने बओरको छोरा बिलामलाई तिमीहरूलाई सराप्नुको निम्ति पैसा दिएर बोलाए।
परमप्रभुका स्वर्गदूतले भन्नुभयो, “मेरोज शहरलाई श्राप देऊ, यसका मानिसहरूलाई श्राप देऊ। परमप्रभुलाई सघाउन तिनीहरू सेनासित आएनन्।”
अबीगेलले हतार हतार 200 वटा रोटी, दुइ मशक दाखरस पाँचवटा पकाएको भेडा, पाँच पाथी पकाएको चिउरा 100 झुप्पा किसमिस र सुकाएको 200 झुप्पा नेभारा तयार पारी गधाहरूमा लदाइन्।
ती तीनै जना मानिसहरूले भने, “यस मरूभूमिद्वारा जाने मानिसहरू साह्रै थकित र भोक प्यासी छन्।” यसैले तिनीहरूले दाऊद र उनका मानिसहरूका निम्ति धेरै थोक ल्याए।
परमेश्वर आफ्नो मन्दिरमा बोल्नु भयो, “यसकारण म धेरै नै खुशी छु। परमेश्वरले भन्नुभयो, “म यो भूमि आफ्ना मानिसहरू माझ बाँड्दछु। म तिनीहरूलाई शेकेम दिनेछु, म तिमीहरूलाई सुक्कोत उपत्यका दिनेछु।
यी भाइहरुले तिम्रो प्रेमको बारेमा मण्डलीलाई भने। दया गरि तिनीहरुलाई आफ्नो यात्रा जारी राख्न सहयोग गरिदेऊ। तिनीहरुलाई यस्तो तरिकाले सहयोग गर जसले परमेश्वरलाई खुशी तुल्याउनेछन्।