त्यस भूमिका मानिसहरूले धेरै भन्दा धेरै अन्न किन्न थाले, यूसुफले रूपियाँ जम्मा गरे अनि फिरऊनको महलमा ल्याए।
Cross references
प्रत्येक ठाउँमा अनिकाल चलिरहेको थियो। यसर्थ यूसुफले मानिसहरूलाई गोदामबाट अन्न दिए। तिनले जोगाएर राखेको अन्न मिश्र देशका मानिसहरूलाई बेचे। मिश्र देशमा नै घोर अनिकाल लाग्यो।
प्रत्येक यूसुफकहाँ अन्न किन्न आए, किनभने अनिकाल सबै ठाउँमा भयंकर थियो।
एकजना मानिस जसले अन्न बेच्न अस्वीकार गर्छउसले सराप पाउँछ। तर जसले इच्छा र इमान्दारी पूर्वक बेच्छ उसले आशिर्वाद पाउँछ।
येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “एकजना धनी मानिस थिए। तिनले आफ्नो व्यापारको हेरचाहको निम्ति एकजना भण्डारे नियुक्त गरेका थिए। केही समय पछि त्यो धनी मानिसले चाल पाए कि त्यस भण्डारेले उसको सम्पत्ति नष्ट पार्दै थियो।
यदि कुनै मानिसलाई सानो कुरोमा विश्वास गर्न सकिन्छ भने ठूला-ठूला कुरामा पनि विश्वास गर्न सकिन्छ। यदि मानिस स-साना कुराहरुमा इमान्दीरहीन छ भे ठूला-ठूला कुरामा पनि इमान्दारहीन हुन्छ।
यदि कुनै कुरा निम्ति विश्वास गरिएको मानिसले प्रमाण गर्नु पर्छ कि उ त्यो विश्वासको योग्य छ।
तिमीहरु प्रत्येकले परमेश्वरबाट आत्मिक उपहार प्राप्त गरेका छौ। विभिन्न तरिकामा तिमीहरुलाई परमेश्वरले आफ्नो अनुग्रह देखाउनु भएको छ। अनि तिमीहरूले सेवकहरु जस्तै दायित्व बहन गरेका छौ, यसर्थ परमेश्वरको उपहारको सदुपयोग गर।