Home Bibles ☰ Books उत्पत्ति 46:8 · नेपाली बाइबल
उत्पत्ति 46:8 · नेपाली बाइबल

तिनीसित मिश्र जाने छोरा-छोरी तथा परिवार यिनै हुनःरूबेन याकूबका जेठो छोरो थिए।

Cross references

उत्पत्ति 29:1

तब याकूबले आफ्नो यात्रा जारी नै राख्यो। त्यो पूर्व तिरको प्रान्तमा गए।

उत्पत्ति 29:32

लेआले छोरो जन्माई अनि त्यसको नाउँ रूबेन राखीन्। लेआले छोरोको नाउँ यस्तो राखी किनभने उनले भनीन्, “मेरो दुःख परमप्रभुले देख्नु भएको छ। मेरा पतिले मलाई प्रेम गर्दैनन्, यसर्थ, अब हुनुसक्छ उनले मलाई प्रेम गर्नेछन्।”

उत्पत्ति 35:22

इस्राएल त्यस ठाउँमा छोटो समयको निम्ति बस्यो। जब ऊ त्यहाँ थियो, रूबेन इस्राएलको सेविका बिल्हासित सुत्यो। इस्राएल यो सुनेर साह्रै क्रोधित भए।याकूब (इस्राएल)का बाह्र जना छोराहरू थिए।

उत्पत्ति 35:23

लेआका छोराहरू हुनः रूबेन (याकूबको पहिलो छोरो), शिमोन, लेवी, यहूदा, इस्साकार अनि जबूलून।

उत्पत्ति 49:1

तब याकूबले सबै छोराहरूलाई बोलाए। उनले भने, “मेरा सबै छोराहरू मकहाँ आऊ। भविष्यमा के हुनेवाला छ म त्यो भन्ने छु।

प्रस्थान 1:1

याकूबले आफ्ना छोराहरूसित मिश्रदेशतिर यात्रा गरे अनि तिनका प्रत्येक छोरोसित आफ्नो-आफ्नो परिवार थिए। इस्राएलका छोराहरू यिनीहरू नै हुन्,

प्रस्थान 6:14

इस्राएल कुल समूहका अगुवाहरू यिनीहरू हुन्, इस्राएलीको प्रथम पुत्र रूबेन थिए। रूबेनको छोराहरूः हनोक, पल्लू, हेर्सोन र कर्मी थिए। त्यो रूबेनको परिवार थियो।

गन्ती 1:5

रूबेनको कुलबाट शदेऊरका छोरा एलीसूर

गन्ती 1:20

तिनीहरूले यस्तो प्रकारले संख्या गन्ती गरे इस्राएलको प्रथम जाति रूबेन र तिनको परिवारको गणना गरे। बीस र बीस वर्ष भन्दा वेशी उमेरका व्यक्तिहरू जो सेनामा जान सक्थे तिनीहरूको नामको सूची बनाइयो। तिनीहरूको पिता-पुर्खाको कुल र परिवार अनुसार नाम दर्त्ता गरियो।

गन्ती 2:10

“रूबेनको शिविरको झण्डा पवित्र पालको दक्षिणमा रहनेछ। प्रत्येक दलले आफ्नो झण्डा नजिकै शिविर हाल्नेछ। रूबेनका मानिसहरूको अगुवा शदेऊरका छोरो एलीसूर हुन र

गन्ती 26:4

“इस्राएलका सबै मानिसहरू जो बीस वर्ष भन्दा माथिको छ सबैको गन्ती गर, परमप्रभुले मोशा र इस्राएलीहरूलाई आज्ञा गर्नु भए जस्तो जो मिश्रबाट बाहिर आए।”

व्यवस्था 33:6

“रूबेन जीवित रहुन्, र नमरोस्, तर त्यहाँ उनको कुलमा मात्र केही मानिसहरू रहुन्।”

1 इतिहास 2:1

इस्राएलका छोराहरू- रूबेन, शिमोन, लेवी, यहूदा, इस्साकार, जबूलून

1 इतिहास 8:1

बिन्यामीन बेलाका पिता थिए। बेला बिन्यामीनका जेठा छोरा थिए। असबेल बिन्यामीनका माहिला छोरा थिए। अहरह बिन्यामीनका साँहिला छोरा थिए।

Interlinear

Choose Theme