Home Bibles गन्ती 2:10 · नेपाली बाइबल
गन्ती 2:10 · नेपाली बाइबल

“रूबेनको शिविरको झण्डा पवित्र पालको दक्षिणमा रहनेछ। प्रत्येक दलले आफ्नो झण्डा नजिकै शिविर हाल्नेछ। रूबेनका मानिसहरूको अगुवा शदेऊरका छोरो एलीसूर हुन र

Cross references

उत्पत्ति 49:3

“रूबेन तँ मेरो जेठो छोरो होस्, तँ मेरो जेठो छोरो साथै मेरो शक्तिको पहिलो प्रमाण होस्। तँमेरा छोराहरू मध्ये सबै भन्दा गौरव शालि अनि शक्तिशाली हुन्छस्।

गन्ती 1:5

रूबेनको कुलबाट शदेऊरका छोरा एलीसूर

गन्ती 7:30

चौथो दिन रूबेन कुल नायक सदेऊरका छोरो एलीसूरले उपहार चढाए।

गन्ती 7:35

मेलबलिको निम्ति दुइवटा गोरूहरू, पाँचवटा भेडाहरू, पाँचवटा बोकाहरू अनि एक वर्षे पाँचवटा थूमाहरू। सदेऊरको छोरो एलीसूरको उपहार यस्तो थियो।

गन्ती 10:6

जब तिमीहरूले दोस्रो पल्ट तुरहीको सूक्ष्म ध्वनी दिन्छौ दक्षिणका छाउनीमा रहेकाहरूले यात्रा शुरू गर्छन्। तिनीहरूले यात्रा शुरू गराउँदा चेतावनीको तुरही बजाउनुपर्छ।

गन्ती 10:18

त्यसपछि रूबेन कुलका मानिसहरूले आफ्नो झण्डा लिएर यात्रा शुरू गरे। पहिलो दल रूबेनकै कुलबाट थियो। शेदेऊरको छोरो एलीसूर यस दलहरूको नायक थिए।

1 इतिहास 5:1

इस्राएलका जेठा छोरा रूबेन थिए। रूबेनले जेठो छोराले पाउनु पर्ने विशेष सुविधाहरू, पाउनु पर्ने थियो। तर रूबेनले आफ्ना पिताको उपपत्नीसित शारीरिक सम्बन्ध राखे। यसर्थ ती विशेष सुविधाहरू यूसुफका छोराहरूलाई दिइयो।

Interlinear

Choose Theme