इस्राएल कुल समूहका अगुवाहरू यिनीहरू हुन्, इस्राएलीको प्रथम पुत्र रूबेन थिए। रूबेनको छोराहरूः हनोक, पल्लू, हेर्सोन र कर्मी थिए। त्यो रूबेनको परिवार थियो।
Cross references
रूबेनका छोराहरूः हनोक, पल्लु, हेस्रोन अनि कर्मी थिए।
लेवीका छोराहरूः गेर्शोन, कहात र मरारी थिए।
“रूबेन तँ मेरो जेठो छोरो होस्, तँ मेरो जेठो छोरो साथै मेरो शक्तिको पहिलो प्रमाण होस्। तँमेरा छोराहरू मध्ये सबै भन्दा गौरव शालि अनि शक्तिशाली हुन्छस्।
हारूनका छोरो एलाजारले पतीएलकी छोरीसित विवाह गरे अनि तिनीबाट पीनहास जन्मे। यी सबै मानिसहरू इस्राएलको छोरो लेवीबाट जन्मेका हुन्।
दोस्रो महीनाको पहिलो दिन तिनीहरूले सबै समुदायलाई एकै चोटी बोलाएर पुस्ता अनि तिनीहरूको सन्तानहरूको नाम दर्त्ता गरेर बीस र बीस भन्दा वेशी उमेरको प्रत्येक व्यक्तिको सूची तयार गरे।
रूबेन इस्राएलको जेठो छोरो हो। रूबेनका सन्तान यस प्रकारले छन्;हनोकबाट हनोकीहरूको कुलसमूह, पल्लूबाट पल्लूईहरूको कुल समूह,
कुलसमूह अनुसार शिमोनको सन्तानहरू यी नै हुन्;नमूएलबाट नमूएलको कुलसमूह, यामीनबाट यामीनीहरूको कुलसमूह, याकीनबाट याकीनीको कुलसमूह,
मोशाले प्रत्येक कुल समूहलाई रूबेनका कुल समूहबाट केही भूमि दिएका थिए। तिनीहरूले पाएको भूमि यो होः
जो भूमि रूबेनलाई दिइएको थियो त्यो यर्दन नदीको किनारमा टुङ्गिइन्थ्यो। यसर्थ रूबेनलाई दिइएको भूमिमा यी सबै शहरहरू र सूचीमा भएका तिनीहरूका खेतहरू सम्मिलित थिए।
पूजाहारी एलाजार, नूनका छोरा यहोशू अनि इस्राएलका सबै कुल समूहका अगुवाहरूले कनानमा कुन चाहि भूमि मानिसहरूलाई दिने भनि निर्णय गरे।
यसरी यी सबै भूमिहरू इस्राएलका विभिन्न कुल समूहमा विभाजित गरिए। पूजाहारी एलाजार, नूनका छोरा यहोशू अनि प्रत्येक कुल समूहका अगुवाहरू भूमि विभाजन गर्न शीलोमा भेला भए। तिनीहरू भेट-हुने पालको प्रवेशद्वारमा परमप्रभुको समक्ष भेला भए। यसरी तिनीहरूले भूमि विभाजन पूर्ण गरे।
तर यूसुफका परिवारले अन्य सुविधाहरू पाए जो सबै भन्दा जेठा छोराले पाउँथे। रूबेनका छोराहरू हनोक, पल्लू, हेस्रोन अनि कर्मी थिए।
मनश्शेका आधा कुल समूहका मुख्य मानिसहरू यी थिएः एपेर, यिशी, एलीएल, अज्रीएल, यिर्मयाह होदबियाह अनि यहदीएल। ती सबै बलवान र साहसी मानिसहरू थिए। ती प्रसिद्ध मानिसहरू थिए अनि तिनीहरू आफ्ना परिवारहरूका प्रमुख अगुवा थिए।
तोलाका छोराहरू- उज्जी, रपायाह, यरीएल, यहमै, यिब्साम अनि शमूएल थिए। ती सबै तिनीहरूका परिवारहरूका प्रधानहरू थिए। ती मानिसहरू अनि तिनीहरूका सन्तानहरू शक्तिशाली सैनिकहरू थिए। तिनीहरूका परिवारहरू बढ्दै गए दाऊद राजा भएको समयमा 22,600 मानिसहरू युद्धका निम्ति तयार थिए।
बेलाका पाँच जना छोराहरू थिए। तिनीहरूका नाउँ एस्बोन, उज्जी, उज्जीएल, यरीमोत अनि ईरी थियो। ती तिनीहरूका परिवारहरूका अगुवाहरू थिए। तिनीहरूका वंशावलीको सूचिले देखाउँछ कि तिनीहरूसित 22,034 सैनिकहरू थिए।
यी एहूदका सन्तानहरू थिए। तिनीहरू गेबामा तिनीहरूका परिवारका अगुवाहरू थिए?