Home Bibles उत्पत्ति 45:10 · नेपाली बाइबल
उत्पत्ति 45:10 · नेपाली बाइबल

तिमीहरू गोशेनमा मेरो नजिकै बस्न सक्छौ। तिमी, तिमीहरूका बाल-बच्चाहरू, नाति-नातिनाहरू साथै सबै तिम्रा पशुहरूलाई यहाँ स्वागत गरिन्छ।

Cross references

उत्पत्ति 46:28

याकूबले यूसुफसित कुराकानी गर्न यहूदालाई पहिले पठाए। गोशेन भूमिमा यहूदा यूसुफसित कुरा गर्न गयो। त्यसपछि याकूब र उनका अन्य मानिसहरू त्यस भूमिमा गए।

उत्पत्ति 46:34

तिमीहरूले उनलाई भन्नु, ‘हामी भेडा गोठालाहरू हौं। जीवनभरि हामी भेडा गोठाला थियौं। अनि हामी भन्दाअघि हाम्रा पुर्खाहरू पनि भेडागोठाला नै थिए।’ तब फिरऊनले तिमीहरूलाई गोशेन भूमिमा बस्ने अनुमति दिनेछन्। मिश्र देशीहरूले गोठालाहरू मन पराउँदैनन्, यसर्थ तिमीहरू गोशोनमा बस्दा राम्रो हुन्छ।’

उत्पत्ति 47:1

यूसुफ फिरऊनकहाँ गए अनि भने, “मेरा बाबु, दाज्यू-भाइहरू र सबै तिनीहरूका परिवारहरू कनान देश छाडेर तिनीहरूसित भएका सबै पशुहरू तथा प्रत्येक चीज लिएर यहाँ मकहाँ आएका छन्। अहिले तिनीहरू गोशेन भूमीमा छन्।”

उत्पत्ति 47:4

तिनीहरूले फिरऊनलाई भने, “कनान देशमा अनिकालको घोर प्रकोप परेको छ। हाम्रा पशुहरूको निम्ति त्यहाँ कुनै भूमिमा घाँस छैन। यसर्थ हामी यस भूमिमा बस्न भनी आएका छौ र तपाईलाई अनुमतिको निम्ति बिन्ती गर्छौ।”

उत्पत्ति 47:6

तिनीहरूका लागि बस्ने कुनै ठाउँ मिश्रमा तिमी छान्न सक्छौ। आफ्ना बुबा र भाइहरूको लागि असल ठाउँ छानिदेऊ। गोशेनको भूमिमा तिनीहरूलाई बस्ने अनुमति देऊ। यदि तिनीहरूमध्ये कोही राम्रा गोठाला छन् भनी तिमीलाई थाहा छ भने तिनीहरूलाई मेरा पशुहरू हेर्ने जिम्मा देऊ।”

उत्पत्ति 47:12

यूसुफले आफ्ना बाबु, दाज्यू-भाइ तथा तिनीहरूका मानिसहरूलाई चाहिएको खाद्य पदार्थहरू पनि दिए।

प्रस्थान 8:22

तर इस्राएलहरू र मिश्रका मानिसहरूसित एकै प्रकारको व्यवहार गर्दिनँ गोशेनमा जहाँ मेरा मानिसहरू बस्छन् त्यहाँ झींगा हुनेछैनन्। यसप्रकार तिमीले चाल पाउँने छौ कि म परमप्रभु यस भूमिमा छु।

प्रस्थान 9:26

असिना नपरेको ठाउँ चाँहि गोशेन मात्र थियो जहाँ इस्राएलका मानिसहरू बस्थे।

एस्तर 10:3

तिनी प्रभावशाली अनि तिनलाई सबै यहूदीहरू खुबै मन पराएका व्यक्ति थिए। तिनी आफ्ना मानिसहरूको कल्याण चाहन्थे अनि आफ्ना सबै सन्तानहरूका निम्ति शान्तिको संन्देश प्रदान गर्न चाहन्थे। 

यूहन्ना 14:2

त्यहाँ मेरा पिताको घरमा धेरै कोठाहरू छन्। यदि यो सत्य नभएको भए म तिमीहरुलाई भन्ने थिईनँ। म त्यहाँ तिमीहरूको व्यवस्था मिलाउन गइरहेछु।

यूहन्ना 17:24

“पिता, म जहाँ हुन्छु तिनीहरू, जो तपाईंले मलाई दिनु भएकोछ, मसंग नै होऊन। म यो इच्छा गर्छ तिनीहरूले मेरो महिमा देखुन्। यो महिमा तपाईंले मलाई दिनुभएको हो किनभने संसार बनिनु भन्दा अगाडि तपाईंले मलाई प्रेम गर्नु हुन्थ्यो।

Interlinear

Choose Theme