Home Bibles उत्पत्ति 45:11 · नेपाली बाइबल
उत्पत्ति 45:11 · नेपाली बाइबल

म आउँदो पाँच वर्षसम्म हुने अनिकालमा तिमीहरूको हेरचाह गर्नेछु। यसर्थ तिमीहरू र तिमीहरूका परिवारहरूले आफूसँग भएका कुनै चीज पनि हराउने छैनौ।

Cross references

उत्पत्ति 47:6

तिनीहरूका लागि बस्ने कुनै ठाउँ मिश्रमा तिमी छान्न सक्छौ। आफ्ना बुबा र भाइहरूको लागि असल ठाउँ छानिदेऊ। गोशेनको भूमिमा तिनीहरूलाई बस्ने अनुमति देऊ। यदि तिनीहरूमध्ये कोही राम्रा गोठाला छन् भनी तिमीलाई थाहा छ भने तिनीहरूलाई मेरा पशुहरू हेर्ने जिम्मा देऊ।”

उत्पत्ति 47:12

यूसुफले आफ्ना बाबु, दाज्यू-भाइ तथा तिनीहरूका मानिसहरूलाई चाहिएको खाद्य पदार्थहरू पनि दिए।

उत्पत्ति 50:21

यसर्थ तिमीहरू नडराओ। म तिमीहरू र तिमीहरूका नानीहरूको हेरचाह गर्नेछु।” यसरी यूसुफले आफ्ना दाज्यू-भाइहरूलाई राम्रा कुराहरू भने। यसले दाज्यू-भाइहरूले धेरै शान्ति पाए।

एस्तर 10:3

तिनी प्रभावशाली अनि तिनलाई सबै यहूदीहरू खुबै मन पराएका व्यक्ति थिए। तिनी आफ्ना मानिसहरूको कल्याण चाहन्थे अनि आफ्ना सबै सन्तानहरूका निम्ति शान्तिको संन्देश प्रदान गर्न चाहन्थे। 

मत्ती 15:5

तर तिमीहरू जसले म बाट तपाईंले जे पाउने सक्नु हुन्थ्यो त्यो परमेश्वरलाई चढाईएको छ भनी आफ्ना आमा-बाबुलाई भन्छौ उसले उनीहरूलाई आदर गरिरहनु पर्दैन भन्ने शिक्षा दिन्छौ।

मर्कूस 7:9

तब येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू ठान्दछौ तिमीहरू चलाख छौ। तिमीहरू आफ्ना परम्परालाई कायम राख्न परमेश्वरको आज्ञालाई पर सार्छौ।

1 तिमोथी 5:4

तर कुनै विधवाका छोरा-छोरी वा नाती-नातीना छन् भने तिनीहरूले सिक्नु पर्ने पहिलो कुरो हुन्छः आफ्नो परिवारको देखरेख गर्नु। जब तिनीहरूले यसो गर्छन् तिनीहरूले आफ्ना आमा-बाबु तथा बाजे-बज्यैको ऋण चुकाउनेछन्। यसद्वारा परमेश्वर पनि खुशी हुनु हुनेछ।

Interlinear

Choose Theme