Home Bibles ☰ Books उत्पत्ति 42:9 · नेपाली बाइबल
उत्पत्ति 42:9 · नेपाली बाइबल

यूसुफले आफ्नो दाज्यू-भाइहरूको विषयमा देखेको सपना सम्झे।यूसुफले आफ्नो दाज्यू-भाइहरूलाई भने, “तिमीहरू जासूसहरू हौ, अन्न किन्न आएकाहरू होइनौ। हामी कहाँ दुर्बल छौं त्यो जान्न आएका हौ।”

Cross references

उत्पत्ति 37:5

एकपल्ट यूसुफले एउटा विशेष सपना देख्यो। पछि उनले आफ्नो दाज्यू-भाइहरूलाई त्यस सपनाको बारेमा भन्यो। त्यसपछि उसका दाज्यू-भाइहरूले झन् वेशी घृणा गर्न थाले।

उत्पत्ति 37:11

यूसुफका दाज्यू-भाइहरूले साह्रै ईर्ष्या गरिरहे। तर उसको बाबुले यी विषयमा धेरै गहिरिएर सोचे अनि विचार गरे यो सबको अर्थ के हुन सक्छ?

उत्पत्ति 42:16

तिमीहरू मध्ये एक कान्छो भाइलाई यहाँ म भएकोमा ल्याउन जान दिन्छु अनि अरू दाज्यू-भाइहरूलाई झ्यालखानमा राख्नेछु। तिमीहरूले साँचो कुरो गरेको हो होइन हामी हेर्नेछौं तर म विश्वास गर्छु तिमीहरू जासूसहरू हौ।”

उत्पत्ति 42:30

तिनीहरूले भने, “त्यस देशका शासकले हामीसित निष्ठुर शब्दमा कुरा गरे। तिनले हामी जासूस हौ पनि भने।

उत्पत्ति 42:34

त्यसपछि तिमीहरूको कान्छो भाइ लिएर मकहाँ आऊ, तब म बुझ्‌ने छु तिमीहरू साँच्चै इमानदार मानिसहरू हौ अथवा हामीलाई नष्ट पार्ने सेनाको पक्षका तिमीहरू एउटा सेनाद्वारा हामीहरूलाई नष्ट पार्नु पठाएका हौ। यदि तिमीहरूले साँचो भनेका रहेछौ र इमानदार ठहरियौ भने आफ्नो भाइ फिर्ता पाउनेछौ। म उसलाई दिनेछु र तिमीहरू पनि हाम्रो देशमा अन्न किन्न स्वतन्त्र हुनेछौ।”‘

प्रस्थान 32:35

यसर्थ परमप्रभुले मानिसहरूमाथि डरलाग्दो बिमार खन्याई दिनु भयो। उहाँले यसो गर्नु भयो किनभने हारूनले अगुवाइ गरेका मानिसहरूले एउटा सुनका बाछो बनाएका थिए।

गन्ती 13:2

“केही मानिसहरूलाई कनान देशको जासूस गर्नु पठाऊ। त्यही भूमि म इस्राएलका मानिसहरूलाई दिनेछु। बाह्र कुल समूहहरूको प्रत्येक कुलसमूहबाट एकजना नायक पठाऊ।”

गन्ती 13:16

मोशाले भूमि हेर्न र अध्ययन गर्न पठाएको मानिसहरूको नाम यी नै हुन्। मोशाले होशेलाई यहोशू भनी बोलाउँथे।

यहोशू 2:1

नूनको छोरा यहोशू र सबै मानिसहरूले शित्तीममा छाउनी बसाएका थिए। यहोशूले दुइजना जासूसहरूलाई पठाए। यहोशूले यी मानिसहरूलाई पठाएको हो भनेर कसैलाई पनि थाहा थिएन। यहोशूले ती मानिसहरूलाई भने, “जाऊ अनि त्यस भूमिलाई हेर, विशेष गरी यरीहो शहरलाई हेर।”यसर्थ ती मानिसहरू यरीहो शहरमा गए। तिनीहरू एउटी वेश्याको घरमा गए उसको नाउँ राहाब थियो अनि त्यहाँ बसे।

यहोशू 6:23

यसकारण ती दुइ मानिसहरू घर भित्र गए अनि राहाबलाई बाहिर ल्याए। तिनीहरूले तिनका पिता-माता, दाज्यू-भाइ, अनि तिनीसित भएका अन्य सबै मानिसहरूलाई पनि बाहिर ल्याए। तिनीहरूले सबै मानिसहरूलाई इस्राएलका छाउनी बाहिर एक सुरक्षित स्थानमा राखे।

न्यायकर्ता 1:24

जब ती जासूसहरूले बेथेल शहरलाई हेर्दैथे तिनीहरूले एकजना मानिसलाई शहर बाहिर आइरहेको देखे र जासूसहरूले त्यस मानिसलाई भने, “हामीलाई शहर भित्र प्रवेश गर्ने एउटा गुप्त मार्ग देखाऊ। हामी शहर माथि आक्वमण गर्नेछौं। तर यदि तिमीले हामीलाई सहायता गर्यौ भने हामी तिमीलाई नोक्सान पुर्याउने छैनौं।”

1 शमूएल 26:4

यसर्थ दाऊदले चेवाहरू पठाए। दाऊदलाई थाहा लाग्यो शाऊल हकीलामा छ भनेर।

लूका 20:20

यसपछि व्यवस्थाका शास्त्रीहरू र मुख्य पूजाहारीहरूले येशूलाई होसियारीसित चियो गरे। तिनीहरूले केही गुप्तचरहरू येशूकहाँ पठाए अनि तिनीहरूलाई असल मानिस झैं व्यवहार गर्ने भने। तिनीहरूले येशूको भनाईमा केही खोट निकाल्नु चहान्थे। यदि तिनीहरूले कुनै खोट पाए येशूलाई राज्यपाल अघि सुम्पिदिने थिए, जसको येशूमाथि शक्ति अनि अधिकार थियो।

हिब्रू 11:31

राहाब भन्ने एउटी वेश्याले इस्राएली जासूसहरूलाई साथीहरूलाई झैं स्वागत र सहायता गरी। अनि उसको विश्वासको कारणले आज्ञा नमान्ने अरू मानिसहरूसित ऊ चाँहि नाश भइनन्।

Interlinear

Choose Theme