Home Bibles उत्पत्ति 42:10 · नेपाली बाइबल
उत्पत्ति 42:10 · नेपाली बाइबल

तिनीहरूले उत्तर दिए, “हे महाशय तपाईंका सेवकहरू यहाँ खाद्यान्न किन्न मात्र आएका छन्।

Cross references

उत्पत्ति 27:29

सबै मानिसहरूले तेरो सेवा गरून्। राष्ट्र तेरो अघि झुकोस्। तँ आफ्नो दाज्यू-भाइहरूको शासक हुनेछस्। तेरी आमाका छोराहरू, तँ अघि झुक्नेछन् अनि तेरो आज्ञा पालन गर्नेछन्। प्रत्येक मानिस जसले तँलाईं सराप दिन्छ उसले सराप पाउँछ, अनि प्रत्येक मानिस जसले तलाईं आशीर्वाद दिन्छ, उसले आशीर्वाद पाउँछ।”

उत्पत्ति 27:37

इसहाकले उत्तर दिए, “छैन, अब एकदमै ढिलो भयो। मैले याकूबलाई तँमाथि शासन गर्ने शाक्ति दिएँ। उसका सबै दाज्यू-भाइहरू उसको नोकर हुनेछन् पनि भनें। अनि मैले उसको निम्ति धेरै अन्न फलोस् अनि दाखरस होस् भनेर आशीर्वाद दिएँ। अब तेरो निम्ति मेरोमा केही छैन।”

उत्पत्ति 37:8

यूसुफका दाज्यू-भाइहरूले भने, “के यसको अर्थ, तँ राजा हुन्छस् अनि हामीहरू सबैलाई शासन गर्छस्?” उसको दाज्यू-भाइहरूले ऊ माथि अझै धेरै घृणा गर्न थाले, कारण तिनीहरूको विषयमा उसले सपना देखेको थियो।

उत्पत्ति 44:9

यदि त्यो चाँदीको कचौरा हामी मध्ये कसैको थैलामा भेटियो भने त्यो मरोस्। तिमीहरू आफैंले उसलाई मार्न सक्छौ अनि तब हामी तिमीहरूको कमारा हुनेछौं।”

1 शमूएल 26:17

शाऊलले दाऊदको स्वर चिने। शाऊलले भने, “मेरो छोरा दाऊद के यो स्वर तिम्रो हो?”दाऊदले जवाफ दिए, “ज्यू, यो मेरै आवाज हो, मेरो प्रभु महाराजा।”

1 राजा 18:7

ओबद्या भ्रमण गरिरहेको बेला उनले एलियालाई भेटे। ओबद्याले एलियालाई चिने जब उनले उनलाई देखे। ओबद्याले एलिया अघि टाउको निहुराए। उनले भने, “एलिया? के तिमी साँच्चै मालिक हौ?”

Interlinear

Choose Theme