राहाब भन्ने एउटी वेश्याले इस्राएली जासूसहरूलाई साथीहरूलाई झैं स्वागत र सहायता गरी। अनि उसको विश्वासको कारणले आज्ञा नमान्ने अरू मानिसहरूसित ऊ चाँहि नाश भइनन्।
Cross references
मोशा परमप्रभुका दास थिए। नूनका छोरा यहोशू मोशाका सहायक थिए। मोशाको मृत्यु भए पछि, परमप्रभु यहोशूसित बात गर्नुभयो। परमप्रभुले भन्नुभयो,
नूनको छोरा यहोशू र सबै मानिसहरूले शित्तीममा छाउनी बसाएका थिए। यहोशूले दुइजना जासूसहरूलाई पठाए। यहोशूले यी मानिसहरूलाई पठाएको हो भनेर कसैलाई पनि थाहा थिएन। यहोशूले ती मानिसहरूलाई भने, “जाऊ अनि त्यस भूमिलाई हेर, विशेष गरी यरीहो शहरलाई हेर।”यसर्थ ती मानिसहरू यरीहो शहरमा गए। तिनीहरू एउटी वेश्याको घरमा गए उसको नाउँ राहाब थियो अनि त्यहाँ बसे।
यहोशूले ती दुई गुप्तचरसित कुरा गरे। यहोशूले भने, “वेश्याको घरमा जाऊ। तिनलाई र तिनीसित भएका सबैलाई बाहिर ल्याऊ। यसो गरिहाल किनकि तिमीहरूले तिनलाई प्रतिज्ञा गरेकाछौ।”
यो येशू ख्रीष्टको परिवारिक इतिहास हो। उहाँ दाऊद परिवारबाट आउनु भयो। दाऊद अब्राहामको परिवारका हुन्।
सल्मोन बोअजका पिता थिए। (बोअजकी आमा राहाब थिइन्।) बोअज ओबेदका पिता थिए। (ओबेदकी आमा रूथ थिईन्)। ओबेद यस्सीका पिता थिए।
अनि परमेश्वरले कसका बारेमा शपथ खानु भएको थियो जो प्रवेश र विश्राम नपाउनेहरू थिए? परमेश्वरले तिनैका बारेमा भन्नुहुँदैथ्यो जसले उहाँको आज्ञा मानेनन्।
अर्को उदाहरण छ राहाब। राहाब एक वेश्या थिइन्। तर उनको कर्मको कारणले, जब तिनले गुप्तचरहरू लुकाइन् अनि तिनीहरूलाई अर्कै बाटोबाट उम्कन सहायता गरिन्, परमेश्वरको अघि तिनी धार्मिक देखिइन्।
जसले विश्वास गर्दैनन् तिनीहरुको निम्ति उहाँ हुनुहुन्छ् “एक ढुङ्गा जसले मानिसहरुलाई ठेस लगाउँछ, एक ढुङ्गा जसले मानिसहरुलाई लडाउँछ।”
ती आत्माहरु तिनीहरु हुन् जसले नूहको समयमा परमेश्वरको आज्ञा पालन गर्न अस्वीकार गरेका थिए। परमेश्वरले तिनीहरुलाई धैर्यसित प्रतिक्षा गरिरहनु भएको थियो जुन बेला नूहले जहाज बनाइरहेका थिए। केवल जम्मा आठजना त्यस जहाजमा बाँचेका थिए। ती मानिसहरुलाई पानीले बचाएको थियो।