यसकारण, एकजना मानिसले आफ्नो आमा-बाबुलाई छोडेर आफ्नी पत्नीसित सम्बन्ध राख्छ। यसरी दुइजना मानिसहरु एउटै बनिन्छन्।
Cross references
तिनीहरूले रिबेकालाई बोलाएर भने, “के तँ यी मानिसहरूसंगै अहिले नै जान चाहन्छेस्?”रिबेकाले भनिन्, “अँ, म जान्छु।”
राहेल अनि लेआले याकूबलाई उत्तर दिए, “हामीले हाम्रो बुबाबाट उनको मृत्युपछि पाउने केही छैन। उनले हामीसित पराइ जस्तो व्यवहार गरे।
पूजाहारीकी छोरीले अर्को परिवारको मानिससँग पनि बिहे गर्न सक्छे। यदि उसले यसो गर्छे भने उसले बलिबाट निकालिएको पवित्र खाद्य खान सक्दिन।
तर जो परमप्रभु तिमीहरूका परमेश्वरसित थिए, तिनीहरू सबै आज पनि जीवित छन्।
“तिमीहरूले परमप्रभु तिमीहरूको परमेश्वरलाई आदर गर, उहाँलाई कहिल्यै नछोड तथा कसम खाँदा पनि उहाँकै नाउँमा खाऊ।
तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको अनुसरण गर्दै जानुपर्छ। बितेका समयमा तिमीहरूले यसो गरेका थियौ अनि तिमीहरूले यसो गर्दै जानुपर्छ।
दाऊदले यिज्रेलकी अहीनोमलाई पनि विवाह गरेका थिए। दाऊदका अहीनोम र अबीगेल दुवै पत्नी भए।
हे मेरी स्त्री, मेरा कुरा सुन। ध्यानदिएर सुन अनि तिमीले बुझ्ने छौ। आफ्ना मानिसहरू र आफ्ना पिताका परिवारलाई बिर्स।
एक योग्य पत्नी आफ्नो पतिको निम्ति शिरको मुकुट हो, तर पति माथि अपमान ल्याउने गृहिणी लोग्नेको शरीरमा मककाउँदै गरेका हड्डीहरू जस्तै हो।
असल पत्नी पाउँन अतिनै गाह्रो हुन्छ किनभने एउटी आदर्श पत्नी, बहूमुल्य रत्नहरू भन्दा पनि मूल्यवान हुन्छे।
तिमीहरू सोध्छौ, “हाम्रो भेटीहरू परमप्रभुले किन स्वीकार गर्नु भएन? किनभने तिमीहरूले गरेका नराम्रा कामहरू परमप्रभुले देख्नु भएको छ, उहाँ तिमीहरूको बिरूद्धसाक्षी हुनुहुन्छ। उहाँले देख्नुभएको छ, तिमीहरूले आफ्नो पत्नीलाई ठगी रहेछौ। तिमीहरूले त्यस स्त्रीसित तिमी जवान हुँदा नै बिवाह गरेको थियौ। ऊ तिम्रो प्रियसीथिई। त्यस समय तिमीले बैवाहिक करार गर्यौ अनि ऊ तिम्री पत्नी भई। तर तिमीले उसलाई ठग्यौ।
केही फरिसीहरू येशूकहाँ उहाँको परीक्षा गर्न त्यहाँ आए। तिनीहरूले येशूलाई सोधे, “के कुनै पनि निहुँमा कसैले आफ्नी पत्नीलाई त्याग्न सक्छ?” तिनीहरू येशूले केही गलत कुरा वोलेको चाहान्थे।