“जब तिमीहरू भोजन खान्छौ कतै बाहिर यात्रामा जाँदा जस्तै लुगा लाउनुपर्छ। तिमीहरूका खुट्टामा जुत्ता र हातमा टेक्ने लाठी हुनै पर्छ र हतार-हतार खानु पर्छ। किन? किनभने यो परमप्रभुको निस्तार हो।
Cross references
तर तिमीहरूका घरमा लगाएका रगत चाँहि एउटा विशेष चिन्ह हुनेछ र म जुन घरमा रगत लगाएको देख्छु त्यसलाई छोडेर जान्छु। म मिश्र देशका मानिसहरूको निम्ति हानिकारक रोग उत्पन्न गर्छु। तर त्यो खराब बिमारले तिमीहरू कसैलाई पनि असर गर्दैन।
यसर्थ मोशाले सबै बूढा-प्रधानहरूलाई बोलाए। मोशाले तिनीहरूलाई भने, “तिमीहरूका परिवारका निम्ति थुमाहरू ल्याऊ। र निस्तारको निम्ति थुमाहरू मार।
तब तिमीहरूले जवाफ दिनेछौ, ‘यो निस्तार चाड परमप्रभुको सम्मानमा मानिएको हो। नानीहरूलाई तिमीहरू भन्नेछौ, जब हामीहरू मिश्रमा थियौं, परमप्रभुले इस्राएलीको घरहरू छोडेर जानु भयो। उहाँले मिश्री मानिसहरूलाई मार्नु भयो अनि हाम्रो रक्षा गर्नुभयो। यसकारण अहिले मानिसहरू उहाँलाई निहुरिएर दण्डवत गर्छन् र आराधना गर्छन्।”‘
परमप्रभुले मोशा र हारूनलाई भन्नुभयो, “यहाँ निस्तारका निम्ति विधिहरू छन् कुनै पनि विदेशीले निस्तार चाडको भोजन खान पाउनेछैन।
परमप्रभुको निस्तार पहिलो महीनाको चौधौं दिनको साँझमा शुरू हुन्छ।
इस्राएली मानिसहरूले मिश्र देश छोडेको दोस्रो वर्षको पहिलो महीनामा सीनै पहाडको मरूभूमिमा परमप्रभु मोशासित यसो भन्दै बोल्नुभयो,
“पहिलो महीनाको चौधौं दिन परमप्रभुको निम्ति निस्तार चाड मनाऊ।
“आबीब महीनाको सम्झना गर। त्यस समयमा तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको सम्मानमा निस्तार चाड मनाउनै पर्छ। किन? किनभने त्यस महीनामा परमप्रभु तिमीहरूको परमेश्वरले तिमीहरूलाई राती मिश्र देशबाट बाहिर ल्याउनु भएको हो।
परमप्रभुले जुन घर उहाँको विशेष घर भनी रोज्नु हुनेछ त्यहाँ तिमीहरू जानै पर्छ। गाईहरू तथा बोकाहरू तिमीहरूले परमप्रभुको सम्मानमा निस्तार बलिको रूपमा चढाउनै पर्छ।
जब तिनीहरू यरीहोको मैदान गिलगालमा छाउनी हालेर बसेका थिए इस्राएलका मानिसहरूले निस्तार चाड मनाए। यो त्यस महीनाको चौधौं दिनको साँझमा थियो।
तब राजा योशियाहले सबै मानिसहरूलाई आदेश दिए। उनले भने, “तिमीहरूको परमप्रभु आफ्ना परमेश्वरका लागि निस्तार पर्व मनाऊ। करारको पुस्तकमा लेखिए जस्तै गर।”
“पहिलो महीनाको चौधौं दिनमा तिमीहरूले निस्तार चाड अवश्यै मनाउनु पर्छ। आखमिरी रोटीको उत्सव त्यस समयमा आरम्भ हुन्छ। त्यो उत्सव सात दिन सम्म लगातार चलिरहनेछ।
चेलाहरूले येशूको आज्ञा अनुसार सबैकाम गरिदए। तिनीहरूले निस्तार-चाडको भोज तयार पारे।
त्यो येशूको पछि चरण छेउमा रुँदैं उभिइ। त्यसले आफ्नो आँसुले येशूको चरण भिजाउनु थाली। त्यसले चरणमा म्वाँई खाई अनि सुगन्धित खनाइदिई।
“तयारी बस! वस्त्र लगाऊ अनि तिम्रो बत्ती उज्यालो होस्।
तर उसको बाबुले उसको नोकरहरूलाई अह्राए, चाँडो राम्रा-राम्रा लुगाफाटा ल्याऊ अनि यसलाई लगाई देऊ। हातमा औंठी पनि लगाईदेऊ अनि खुट्टामा जुत्ता पनि लगाईदेऊ।
बासी खमीर निकालि देऊ, तब मात्र तिमीहरू नयाँ ढिका बन्नेछौ। तिमीहरू साँचै खमीर बिनाको रोटी हौ। हो, ख्रीष्ट जो हाम्रा निस्तारको पाठो हुनुहुन्छ, पहिल्यै मारिनु भएको थियो।
प्रचारका निम्ति तयार हुनु शान्तिको सुसमाचरको जुत्ता जस्तो तिम्रो खुट्टामा लगाऊ।
यसर्थ सेवाको निम्ति मनलाई तयार पार अनि आत्म-नियन्त्रण गर। तिमीहरुले अनुग्रहकोलागि आशा गर्नु पर्छ जुन तिमीहरुलाई दिइनेछ, जब येशू ख्रीष्ट आउनु हुन्छ।