एलीपजकी पनि एउटी दासी थिइ। उसको नाउँ तिम्ना थियो अनि तिम्ना र एलीपजको अमालेक नाउँका छोरो थियो।
Cross references
त्यसपछि राजा कदोर्लाओमेर एनमिशपात (कादेश) फर्किए अनि हस्सोन्तामारमा बोसो-बास गर्ने अमालेकी अनि अमोरीहरूलाई परास्त गरे।
लोतान होरी र हेमानको बाबु थियो। (तिम्ना लोतानकी बहिनी थिई।)
रपीदीममा अमालेकी मानिसहरू आए अनि इस्राएली मानिसहरूसित लडाइँ गरे।
इस्राएलको शत्रु सेईरको भूमि इस्राएलको दखलमा हुनेछ, एदोमको भूमि पनि तिनीहरूकै दखलमा रहनेछ जब इस्राएलले बहादुरी देखाउनेछ।
“तिमीहरूले एदोमीहरूलाई घृणा गर्नु हुँदैन कारण उनीहरू तिमीहरूको सम्बन्धीहरू हो। तिमीहरूले इस्राएलीलाई घृणा गर्नु हुँदैन कारण तिनीहरूको भूमिमा तिमीहरू विदेशी थियौ।
“जब तिमीहरू मिश्रबाट आउँदै थियौ, सम्झना गर अमालेकीहरूले के गरेका थिए।
सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, ‘जब इस्राएलीहरू मिश्रबाट बाहिर आए तब अमालेकीहरूले तिनीहरूलाई कनान जानलाग्दा रोक्ने चेष्टा गरे। अमालेकीहरूले जे गरे मैले देखे।
अत्तै नातानका पिता थिए। नातान जाबादका पिता थिए।