Home Bibles ☰ Books व्यवस्था 23:7 · नेपाली बाइबल
व्यवस्था 23:7 · नेपाली बाइबल

“तिमीहरूले एदोमीहरूलाई घृणा गर्नु हुँदैन कारण उनीहरू तिमीहरूको सम्बन्धीहरू हो। तिमीहरूले इस्राएलीलाई घृणा गर्नु हुँदैन कारण तिनीहरूको भूमिमा तिमीहरू विदेशी थियौ।

Cross references

उत्पत्ति 25:24

अनि जब समय पूरा भयो तब रिबेकाले जुमल्याहा छोरा जन्माइन्।

उत्पत्ति 25:30

यसर्थ एसावले याकूबलई भने, “म भोकले दुर्बल भइरहेकोछु। मलाई त्यो केही रातो सिमी खान देऊ। (यही कारणले मानिसहरूले उसलाई एदोम भन्ने गर्द थिए।)

उत्पत्ति 45:17

यसकारण फिरऊनले यूसुफलाई भने, “तिम्रो दाज्यू-भाइहरूलाई भन तिनीहरूलाई जति अन्न चाहिन्छ लिएर कनान देशमा जाऊन।

उत्पत्ति 46:7

तिनीसित तिनका छोरा-छोरीहरू र नाती-नातिनीहरू थिए। तिनका सबै परिवार तिनीसित मिश्रमा गए।

उत्पत्ति 47:6

तिनीहरूका लागि बस्ने कुनै ठाउँ मिश्रमा तिमी छान्न सक्छौ। आफ्ना बुबा र भाइहरूको लागि असल ठाउँ छानिदेऊ। गोशेनको भूमिमा तिनीहरूलाई बस्ने अनुमति देऊ। यदि तिनीहरूमध्ये कोही राम्रा गोठाला छन् भनी तिमीलाई थाहा छ भने तिनीहरूलाई मेरा पशुहरू हेर्ने जिम्मा देऊ।”

उत्पत्ति 47:12

यूसुफले आफ्ना बाबु, दाज्यू-भाइ तथा तिनीहरूका मानिसहरूलाई चाहिएको खाद्य पदार्थहरू पनि दिए।

उत्पत्ति 47:27

इस्राएल मिश्र देशको गोशेन भूमिमा बसे। तिनका परिवारहरू बढेर अति विशाल भयो। तिनीहरूले मिश्रमा भूमि पाए अनि राम्रो जीवन बिताए।

प्रस्थान 22:21

“सम्झना गर विगत समयमा तिमीहरू मिश्र देशमा विदेशी थियौ, यसर्थ तिमीहरूको देशमा जो विदेशी छ उसलाई तिमीहरूले ठग्नु अथवा नोक्सान पुर्याउनु हुँदैन।

प्रस्थान 23:9

“विदेशी नागरिकहरूमाथि कहिले पनि अत्याचार नगर। एक समयमा तिमीहरू पनि मिश्र देशमा विदेशी थियौ यसकारण तिमीहरू जान्दछौ एउटा विदेशी कस्तो हुन्छ।

लेवी 19:34

तिनीहरूलाई माया गर जस्तो आफूलाई गर्छौ किनभने तिमीहरू पनि मिश्रको भूमिमा विदेशी थियौ। म परमप्रभु तिमीहरूको परमेश्वर हुँ।

गन्ती 20:14

मोशाले कादेशबाट एदोमको राजाकहाँ यो समाचार पुर्याउन दूतहरू पठाए। तपाईंको भाई इस्राएलले यसो भन्छ, “हामीमाथि आई परेका आफ्दहरू तपाईंलाई थाहा छ।

व्यवस्था 10:19

यसकारण तिमीहरूले पनि ती विदेशीहरूलाई प्रेम गर किनभने मिश्र देशमा तिमीहरू विदेशीहरू नै थियौ।

1 राजा 11:25

रसोनले अराममा शासन गरे। उनी इस्राएलीलाई घृणा गर्दथे, यसकारण सुलेमान जीवित रहुञ्जेलसम्म इस्राएलको शत्रु भए। रसोन र हददले इस्राएलका लागि धेरै समस्याहरू सृष्टि गरे।

एज्रा 9:12

त्यो भुमिमा तिनीहरू एक छेउ देखि अर्कोछेउसम्म आफ्ना दुष्कर्म द्वारा आफ्ना अस्वच्छ पनाद्वारा मरेका थिए। यसर्थ आफ्ना छोरा-छोरीहरूको लागि तिनीहरूका छोरा-छोरीहरूसंघ पति-पत्नीको रूपमा तिनीहरूको कल्याण अथवा सफलताको चाहना कहिल्यै नगर जसद्वारा तिमीहरू शक्तिशाली हुनेछौ।”

भजनसंग्रह 105:23

तब इस्राएल मिश्र तर्फ आए, याकूब हामको देशमा बसे।

Interlinear

Choose Theme