Home Bibles गन्ती 24:18 · नेपाली बाइबल
गन्ती 24:18 · नेपाली बाइबल

इस्राएलको शत्रु सेईरको भूमि इस्राएलको दखलमा हुनेछ, एदोमको भूमि पनि तिनीहरूकै दखलमा रहनेछ जब इस्राएलले बहादुरी देखाउनेछ।

Cross references

उत्पत्ति 27:29

सबै मानिसहरूले तेरो सेवा गरून्। राष्ट्र तेरो अघि झुकोस्। तँ आफ्नो दाज्यू-भाइहरूको शासक हुनेछस्। तेरी आमाका छोराहरू, तँ अघि झुक्नेछन् अनि तेरो आज्ञा पालन गर्नेछन्। प्रत्येक मानिस जसले तँलाईं सराप दिन्छ उसले सराप पाउँछ, अनि प्रत्येक मानिस जसले तलाईं आशीर्वाद दिन्छ, उसले आशीर्वाद पाउँछ।”

उत्पत्ति 27:40

तैंले बाँच्नको निम्ति संघर्ष गर्नु पर्छ। अनि तँ आफ्नो भाइको कमारा बनिनेछस्। तर तैंले स्वाधीन हुन युद्ध गर्ने छस्। तैंले उसको नियन्त्रणलाई भत्काउने छस्।”

उत्पत्ति 32:3

याकूबको दाज्यू एसाव सईर नाउँको प्रान्तमा बस्दै थियो। त्यो इलाका एदोमको पहाडी भूमिमा थियो। याकूबले एसावकहाँ दूतहरू पठायो।

2 शमूएल 8:14

दाऊदले एदोममा सैनिक छाउनीहरू बनाए। एदोमका सम्पूर्ण क्षेत्रमा सैनिक छाउनी बनाए। एदोमका सबै मानिसहरू दाऊदका सेवक बने। परमप्रभुले दाऊदलाई जता ततै विजय दिलाउनु भयो।

1 राजा 11:14

त्यस समयमा परमप्रभुले एदोमका हददलाई सुलेमानको शत्रु बनाउनु भयो। हदद एदोमका राजाको परिवारका थिए।

1 राजा 11:15

यस्तो यसरी नै भयो। पहिला दाऊदले एदोमलाई परास्त गरेका थिए। योआब दाऊदको फौजका सेनापति थिए। योआब एदोममा मरेका मानिसहरू गाडन गए। योआबले अझै जिउँदै रहेका सबै मानिसहरूलाई मारे।

भजनसंग्रह 60:1

हे परमेश्वर, तपाईं हामीसित क्रोधित हुनुहुन्थयो। तपाईंले हामीलाई त्याग्नु भयो र ध्वंश पार्नु भयो। दया गरेर हामीलाई पुनः त्यस्तै राम्रो बनाई दिनोस्।

भजनसंग्रह 60:8

मोआब मेरो खुट्टा धुने बाटा हुनेछ। एदोम मेरो जुत्ताहरू बोक्ने दास हुनेछ म पलिस्तीका मानिसहरूलाई परास्त गर्ने छु अनि विजयको स्वर कराउनेछु।”

यशैया 34:5

परमप्रभु भन्नुहुन्छ, “यस्तो घट्ने नै छ जब मेरो तरवार आकाशमा रगतले लत्‌पत् हुन्छ।”हेर! परमप्रभुको तरवारले एदोमलाई काटनेछन् परमप्रभुले ती मानिसहरूलाई अपराधी ठहराउनु भएकोछ। अनि तिनीहरू मर्नु नै पर्छ।

यशैया 63:1

एदोमबाट को आइरहेछ? उ बोज्राबाट आउँदछ। अनि उसको पोशाकहरूमा चहकिलो रातो रंगका दागहरू छन्। उसको तेजस्वी उसकै पोशाकहरूमा छ। ऊ पराक्रमी स्वरूप महान शक्तिसँग आइरहेछ। उसले भन्दछ, “तिमीहरूलाई बचाउने मसँग शक्ति छ। अनि म सत्य बोल्छु।”

आमोस 9:12

ताकि एदोममा बाँकी रहेका मानिसहरु र राष्ट्रहरु जो मेरो नाउँले (यहोवा) कहलाइन्छन् तिनीहरु लिनलाई परमप्रभु जसले यी सब गर्ने घोषणा गर्नु हुन्छ।”

Interlinear

Choose Theme