याकूबले थाहा पायो शकेमले उसकी छोरीसित खुबै नराम्रो व्यवहार गर्यो। तर याकूबका सबै छोराहरू गाई-वस्तुहरूसित मैदानमा थिए। यसर्थ तिनीहरू नफर्कुञ्जेल केही गरेनन्।
Cross references
अनि यसैकारण त्यस दिन लाबानले सबै टाटेपाटे बाख्रा र बाख्रीहरू ती सबै सेतो टाटा भएका अनि प्रत्येक काला भेडाका पाठाहरू आफ्नो बथानबाट निकाले। उनले आफ्नो छोरोलाई तिनीहरूलाई हेरचाह गर्नु भने।
याकूबले यूसुफलाई भने, “शकेम जा! तेरा दाज्यू-भाइहरूले मेरो भेडाहरू हेरचाह गर्दैछन्।”यूसुफले भने, “म जानेछु।”
तिमीहरूले उनलाई भन्नु, ‘हामी भेडा गोठालाहरू हौं। जीवनभरि हामी भेडा गोठाला थियौं। अनि हामी भन्दाअघि हाम्रा पुर्खाहरू पनि भेडागोठाला नै थिए।’ तब फिरऊनले तिमीहरूलाई गोशेन भूमिमा बस्ने अनुमति दिनेछन्। मिश्र देशीहरूले गोठालाहरू मन पराउँदैनन्, यसर्थ तिमीहरू गोशोनमा बस्दा राम्रो हुन्छ।’
त्यसपछि मोशाले हारूनलाई भने, “परमप्रभुले जे भन्नु भएको थियो त्यसको अर्थ यही थियो। ‘पूजाहारीहरू जो मेरो सामुन्ने आउँछन् तिनीहरूद्वारा म सम्मानित हुनुपर्छ अनि सबैकोअघि म पवित्र हुनुपर्छ।’” अनि हारून नबोली बसे।
तर कोही बद्माशहरूले भने, “यो मानिसले हामीलाई कसरी रक्षा गर्छ?” तिनीहरूले शाऊलको विरूद्धमा नराम्रो भन्न थाले र उपहार नदिनेभए। तर शाऊलबाट कुनै प्रतिक्रिया भएन।अम्मोनीका राजा नाहाशले गाद र रूबेन कुल समूहरूलाई सताईरहेका थिए। नाहाशले प्रत्येक पुरूषको एउटा दाहिने आँखा निकाल्न लगायो। नाहाशले तिनीहरू कसैलाई पनि सहायता गर्न दिएनन्। अम्मोनीका राजा नाहाशले यर्दन नदीको पूर्वतिर बस्ने प्रत्येक इस्राएली मानिसहरूको दाहिने आँखा निकाले। तर 7,000 इस्राएली मानिसहरू अम्मोनीबाट भागेर याबेश गिलाद आए।
शमूएले यिशैलाई सोधे, “के तपाईंका छोराहरू यति नै हुन्?”यिशैले भने, “होइन अर्को छोरा छ सब भन्दा कान्छो, तर अहिले भेडा चराउँदैछ।”शमूएलले भने, “उसलाई यहाँ तुरून्तै लिन पठाऊ। उ नआइञ्जेल सम्म हामी खान बस्ने छैनौं।”
कान्छा छोरा दाऊद शाऊलको छाउनी र बेतलेहेममा आफ्ना पिताका भेडाहरू हेरचाह गर्न आउने जानेगर्थे।
अब्शालोमले अम्नोनलाई घृणा गर्नथाले। अम्नोनका बारे राम्रो नराम्रो कुनै कुरै गरेनन् अब्शालोमले। आफ्नी बहिनीलाई अम्नोनले व्यविचार गरेको हुनाले घृणा गरे।
म आफ्नो मुख खोल्ने छैन म केही पनि भन्ने छैन। परमप्रभु, के गर्नु पर्ने त्यो तपाईंले नै गर्नुहोस्।
“उसको जेठो छोरो खेतमा थियो। ऊ बिस्तारै घरमा आयो। उसले त्यहाँ नाच गान भइहेको सुन्यो।
त्यो छोरोले बाबुलाई भन्यो, मैले यत्रो र्वषसम्म नोकर झै तपाईंको सेवा गरें। मैले सधैं तपाईंको आज्ञा पालन गरें। तर मेरो निम्ति तपाईंले एउटा सानो पाठो सम्म दिनु भएन ताकि म मेरा मित्रहरूसंग भोज मनाउँन सक्थें।