उत्पत्ति 30:35 · नेपाली बाइबल
अनि यसैकारण त्यस दिन लाबानले सबै टाटेपाटे बाख्रा र बाख्रीहरू ती सबै सेतो टाटा भएका अनि प्रत्येक काला भेडाका पाठाहरू आफ्नो बथानबाट निकाले। उनले आफ्नो छोरोलाई तिनीहरूलाई हेरचाह गर्नु भने।
Cross references
उत्पत्ति 31:9
यसर्थ परमेश्वरले सबै पशुहरू तिम्रो बाबुबाट लिएर मलाई दिनु भएको छ।
उत्पत्ति 46:34
तिमीहरूले उनलाई भन्नु, ‘हामी भेडा गोठालाहरू हौं। जीवनभरि हामी भेडा गोठाला थियौं। अनि हामी भन्दाअघि हाम्रा पुर्खाहरू पनि भेडागोठाला नै थिए।’ तब फिरऊनले तिमीहरूलाई गोशेन भूमिमा बस्ने अनुमति दिनेछन्। मिश्र देशीहरूले गोठालाहरू मन पराउँदैनन्, यसर्थ तिमीहरू गोशोनमा बस्दा राम्रो हुन्छ।’