Home Bibles लूका 15:25 · नेपाली बाइबल
लूका 15:25 · नेपाली बाइबल

“उसको जेठो छोरो खेतमा थियो। ऊ बिस्तारै घरमा आयो। उसले त्यहाँ नाच गान भइहेको सुन्यो।

Cross references

प्रस्थान 15:20

त्यसपछि हारूनकी दिदी महिला अगमवादिनी मरियमले खैंजडी समातिन मरियम र अरू स्त्रीहरू गाउन र नाच्न थाले। मरियमले यी शब्दहरू दोहर्याइन।

2 शमूएल 6:14

परमप्रभुको अघि दाऊद नाचे। दाऊदले एपोद लगाएका थिए।

भजनसंग्रह 30:11

मैले प्रार्थना गरें र तपाईंले साथ दिनुभयो! तपाईंले मेरो रूवाइलाई नाचमा बद्ली दिनुभयो। तपाईंले मेरो उदासीनताका पोशाकहरू फुकालेर लैजानु भयो र खुशीयालीले मलाई ढाकिदिनु भयो।

भजनसंग्रह 126:1

जब हामीलाई परमप्रभुले एकपल्ट फर्काएर ल्याउनु हुन्छ त्यो हाम्रो लागि सपना जस्तै लाग्नेछ!

भजनसंग्रह 149:3

ती मानिसहरूले नाच्दै खैंजडी र वीणाहरू बजाँउदै परमप्रभु परमेश्वरको प्रशंसा गरून्।

भजनसंग्रह 150:4

खैंजडीहरू बजाउँदै नाच्दै परमेश्वरको प्रशंसा गर। तारहरूले बनिएको वादनद्वारा उहाँको प्रशंसा गर। बाँसुरीहरू बजाएर उहाँको प्रशंसा गर!

उपदेशक 3:4

कराउने र रूने एउटा समय हुन्छ अनि हाँस्ने र आनन्द गर्ने एउटा समय हुन्छ। शोक मनाउने एउटा समय छ र नाच्ने र गाउने एउटा समय हुन्छ।

यर्मिया 31:4

हे कुमारी इस्राएल! म तिमीलाई पुर्ननिर्माण गर्नेछु। तिमी पुन एक राजधानी हुनेछौ। तिमीहरूले फेरि आफ्नो खैजडी उठाउने छौ अनि तिमीहरू अन्य मानिसहरूसँग नाच्नेछौ।”

लूका 7:32

यी मानिसहरू बजारमा बसिरहेका केटा-केटीहरू जस्तै छन्। एउटा दलको नानीहरूले अर्को दलको नानीहरूलाई बोलाउँछन् अनि भन्छन्हामीले तिमीहरूको निम्ति बाँसुरी बजायौं, तर तिमीहरू नाचेनौं, हामीले बिलौनाका गीत गायौं तर तिमीहरू रोएनौ।

लूका 15:11

त्यसपछि येशूले भन्नुभयो, “एकजना मानिसको दुइ पुत्रहरू थिए।

Interlinear

Choose Theme