राहेलले भनी, “परमेश्वरले मेरो प्रार्थना सुन्नु भयो र उहाँले मलाई एउटा छोरो दिने निर्णय गर्नु भयो।” यसर्थ राहेलले छोरोको नाउँ दान राखीन्।
Cross references
लेआले छोरो जन्माई अनि त्यसको नाउँ रूबेन राखीन्। लेआले छोरोको नाउँ यस्तो राखी किनभने उनले भनीन्, “मेरो दुःख परमप्रभुले देख्नु भएको छ। मेरा पतिले मलाई प्रेम गर्दैनन्, यसर्थ, अब हुनुसक्छ उनले मलाई प्रेम गर्नेछन्।”
राहेलकी कमारी बिल्हाबाट जन्मिएका छोराहरू दान र नप्ताली थिए।
हुशीम दानका छोरो थियो।
“दानले इस्राएलका अरू कुलहरूले झैं आफ्ना मानिसहरूको न्याय गर्ने छ।
अनि यी कुल समूह-रूबेन, गाद, आशेर जबुलुन, दान र नप्ताली चाँहि सराप सुन्नु एबाल डाँडामा हुनेछन्।
दानको विषयमा मोशाले भनेः “दान सिहंको छोरो हो जुन बाशानबाट उफ्रिन्छ।”
हे मेरो परमप्रभु परमेश्वर, तपाईंको धार्मिकता अनुसार मलाई न्याय गर्नुहोस्। तिनीहरूलाई ममाथि उपहास गरेर हाँस्न नदिनुहोस्।
हे परमेश्वर, एकजना मानिस छ, जो तपाईंका भक्तजन मध्ये एकजना होइन। त्यो मानिस दुष्ट छ र झूटो बोल्दछ। हे परमेश्वर, मेरो रक्षा गर्नुहोस्, अनि प्रमाण दिनु होस् कि म सही छु। मलाई त्यो मानिसबाट बचाउनु होस्।
यसकारण परमप्रभुको आज्ञा अनुसार मैले सुती लुगा ल्याएँ अनि कम्मरमा वरिपरि बाँधे।
मरूभूमिको हावाले भूस उढाए झैं म तिनीहरूलाई तितर-बितर पारिदिनेछु।
हे यहूदाका मानिसहरू! म तिमीहरूलाई तिमीहरूकै शत्रुहरूको दास बनाउनेछु। तिमीहरू त्यस्तो भूमिमा दासहरू हुनेछौ जुन तिमीहरू कहिल्यै जानेका छैनौ। मेरो क्रोध तातो आगो जस्तो छ र तिमीहरू त्यसमा जल्ने छौ।”
हे परमप्रभु, तपाईंले मेरो कष्ट देख्नु भएको छ। अब मेरो न्याय गरीदिनु होस्।