Home Bibles ☰ Books विलाप 3:59 · नेपाली बाइबल
विलाप 3:59 · नेपाली बाइबल

हे परमप्रभु, तपाईंले मेरो कष्ट देख्नु भएको छ। अब मेरो न्याय गरीदिनु होस्।

Cross references

उत्पत्ति 31:42

तर मेरा पुर्खाहरूका परमेश्वर, अब्राहामका परमेश्वर अनि इसहाकको परमेश्वरको डर मसित थियो। यदि परमेश्वर मसित नहुनु भएको भए तिमीले मलाई रित्तो हात फर्काइ दिनेथ्यौ। मैले भोगेको कष्ट परमेश्वरले देख्नु भयो, मैले गरेको काम परमेश्वरले देख्नु भयो, अनि हिजो राती परमेश्वरले प्रमाणित गर्नु भयो कि म सही छु।”

भजनसंग्रह 9:4

तपाईं साँचो न्यायकर्त्ता हुनुहुन्छ, तपाईं आफ्नो सिंहासनमा न्यायकर्त्ता सरह विराजमान हुनुहुन्छ। हे परमप्रभु तपाईंले मेरो मामिला सुनिदिनु भयो र मेरो विषयमा निर्णय लिनु भयो।

भजनसंग्रह 10:14

हे परमप्रभु, निश्चय नै तपाईंले ती दुष्टहरूले गरेको निर्दयतापूर्ण र दुष्ट कार्यहरू देख्नुहुनेछ, अनि तिनीहरूको निम्ति केही गर्नु हुनेछ! समस्याहरूले लादिएका मानिसहरू तपाईं कहाँ सहयोग माग्न आउँदछन्। हे परमप्रभु, तपाईं मात्र हुनुहुन्छ जसले टुहुरा-टुहुरीलाई सहायता गर्नु हुन्छ, यसैले सहयोग गर्नुहोस्।

भजनसंग्रह 26:1

हे परमप्रभु मेरो न्याय गर्नुहोस्। म चोखो भएर बाँचेको छु भनेर प्रमाणित गर्नुहोस्। म परमप्रभुमा भरोसा गर्न कहिल्यै चुकेको छैन।

भजनसंग्रह 35:1

हे परमप्रभु, मेरा युद्धहरू लडिदिनु होस्। मेरा रणहरू लडिदिनु होस्!

भजनसंग्रह 35:23

हे परमप्रभु, जाग्नुहोस्! उठनुहोस्! मेरो परमेश्वर, मेरो परमप्रभु, मेरो लागि लडाइँ गर्नुहोस्। अनि मलाई न्याय ल्याई दिनुहोस्।

भजनसंग्रह 43:1

हे परमेश्वर, एकजना मानिस छ, जो तपाईंका भक्तजन मध्ये एकजना होइन। त्यो मानिस दुष्ट छ र झूटो बोल्दछ। हे परमेश्वर, मेरो रक्षा गर्नुहोस्, अनि प्रमाण दिनु होस् कि म सही छु। मलाई त्यो मानिसबाट बचाउनु होस्।

यर्मिया 11:19

मार्नलाई ल्याइएको एउटा निर्दोष थुमाझैं म थिएँ। तिनीहरू मेरो विरूद्ध छन् भनी म जान्दिनथें। तिनीहरूले मेरो बारेमा यी कुराहरू भने “यो रूख यसका फलहरूसितै नष्ट पारिदिऊँ। यसलाई मारिदिउँ ताकि मानिसहरूले यसलाई भुल्नेछन्।”

यर्मिया 11:20

तर हे परमप्रभु! तपाईं एक निष्पक्ष न्यायकर्त्ता हुनुहुन्छ। तपाईं मानिसहरूका हृदय र इच्छाहरू जाँच गर्नु हुन्छ। तपाईंले तिनीहरूलाई दिने सजाय मलाई जान्न दिनुहोस् कारण मैले मेरो मामला तपाईंलाई सुम्पेको छु।

यर्मिया 15:10

हे मेरी आमा, मलाई तपाईंले जन्म दिनु भएको निम्ति म दुखी छु। यस देशमा म त्यो मानिस हुँ जो दोष र घृणाको पात्र बनिएको छ, मैले कतैबाट ऋण लिएको अथवा दिएको छैन। तर प्रत्येक मानिसले मलाई सराप्छन्।

यर्मिया 18:18

तब यर्मियाका शत्रुहरूले भने, “यर्मियाको विरूद्ध योजनाहरू तैयार गरौं। पूजाहारीले दिएको व्यवस्था अथवा ज्ञानीबाट पाइएको सल्लाह अथवा अगमवक्ताको सन्देश नाश हुनेछैन। यसकारण उसको बारेमा झूटा कुराहरू प्रचार गरौं ताकि ऊ नाश होस्। उसले भनेको कुराहरू प्रति ध्यान नदिऊँ।”

यर्मिया 20:7

हे परमप्रभु! तपाईंले मलाई धोका दिनुभयो, अनि म धोकामा परे। तपाईं बलियो हुनुहुन्छ, यसर्थ तपाईंले मलाई जित्नु भयो। मानिसहरू मसित हाँदछन् अनि दिनभरि मलाई हाँसोको पात्र बनाँउछन्।

यर्मिया 37:1

नबूकदनेस्सर बाबेलका राजा थिए। उनले यहोयाकीमको छोरो कोन्याहको सट्टामा सिदकियाहलाई यहूदाका राजा नियुक्त गरे। सिदकियाह योशियाहको छोरो थिए।

विलाप 3:36

मानिसलाई धोका दिएको मनपराउनु हुन्न। यस्तो कुराहरू परमप्रभुले पटक्कै मनपराउनु हुन्न।

विलाप 3:60

मेरो विरूद्धमा तिनीहरूले बनाएको सबै प्रतिशोधका योजनाहरू तपाईंले देख्नु भयो।

Interlinear

Choose Theme