Home Bibles उत्पत्ति 30:23 · नेपाली बाइबल
उत्पत्ति 30:23 · नेपाली बाइबल

राहेल गर्भवती भई अनि एउटा छोरो जन्माई। राहेलले भनिन्, “परमेश्वरले मेरो अपमान हटाइ दिनुभयो अनि मलाई एउटा छोरो दिनु भयो।”

Cross references

उत्पत्ति 29:31

परमप्रभुले जान्नु हुन्थयो, याकूबले राहेललाई लेआ भन्दाबेशी माया गर्थे। यसर्थ परमप्रभुले लेआलाई एउटा नानी जन्माउन सक्ने योग्य बनाउनु भयो तर राहेल बाँझी रहिन्।

1 शमूएल 1:5

उनले हन्नालाई जहिले पनि बराबरी भाग भोजन दिन्थे उनले हन्नालाई बढी माया गर्थे किनभने परमेश्वरले उनको कोख बन्द गरिदिनु भएको थियो।

यशैया 4:1

त्यतिबेला, सातजना स्त्रीहरूले एकजना पुरूषलाई समात्ने छन्। तिनीहरूले भन्ने छन्, “हामी खानलाई आफ्नै रोटी बनाउने छौ। अनि लगाउनलाई आफ्नै लुगा बनाउने छौ। हामी यी सम्पूर्ण कुराहरू आफ्नै निम्ति गरिरहेका छौ यदि तिमी हामीहरूसंग विवाह गर्छौ भने तिम्रो नाउँ जान्न पाउँ। दया गरेर, हाम्रा अपमान हटाई देऊ।”

लूका 1:21

बाहिरपट्टि, मानिसहरूले जकरियालाई र्पखिरहेका थिए। मन्दिरमा यति लामो समय सम्म बसेको देखेर तिनीहरू छक्क परिरहेका थिए।

लूका 1:25

हेर, मलाई परमप्रभुले के गर्नुभएको छ। उहाँले मेरो एउटा नानी जन्मियोस् भनी निर्णय लिनु भयो। परमप्रभुले ममाथि यति कृपा गर्नु भयो कि अब उसो मानिसहरूको सामुन्नेबाट मलाई लाज मुक्त पार्नु भयो।”

लूका 1:27

तिनी दाऊदको परिवारको यूसुफ नाउँ गरेको एक मानिससँग मगनी भएकी थिइन्। ती कन्याको नाउँ मरियम थियो।

Interlinear

Choose Theme