Home Bibles लूका 1:27 · नेपाली बाइबल
लूका 1:27 · नेपाली बाइबल

तिनी दाऊदको परिवारको यूसुफ नाउँ गरेको एक मानिससँग मगनी भएकी थिइन्। ती कन्याको नाउँ मरियम थियो।

Cross references

उत्पत्ति 3:15

म तँ र त्यस स्त्रीमाझ शत्रुता सृष्टि गर्नेछु। तेरो सन्तान र त्यस स्त्रीका सन्तानमाझ पनि शत्रुता सृष्टि गर्नेछु जसले गर्दा त्यसका सन्तानहरुले तेरो टाउको किच्याउने छन् अनि तेरा सन्तानहरुले पनि तिनीहरुको कुर्कुचामा डस्ने छन्।”

यशैया 7:14

तर परमेश्वर, मेरो मालिकले, तिमीलाई चिन्ह देखाउनु हुनेछः हेर कन्या स्त्री गर्भवती हुनेछ र उसले एउटा छोरो जन्माउनेछ उसको छोरोको नाउँ इम्मानुएलराखिनेछ।

यर्मिया 31:22

हे अविश्वासी छोरी, कहिलेसम्म तिमी मबाट यता उता गरिरहन्छौ?” “परमेश्वरले पृथ्वीमा एउटा नयाँ कुरो सृजना गर्नुहुन्छ एक स्त्रीले लोग्ने मानिसलाई सुरक्षा दिनेछ।”

मत्ती 1:16

याकूब यूसुफका पिता थिए। यूसुफ मरियमको लोग्ने थिए। अनि मरियमबाट ख्रीष्ट यशूको जन्म भयो।

मत्ती 1:18

येशू ख्रीष्टकी आमा मरियमको मगनी यूसुफसँग भएको थियो। तर तिनीहरूको विवाह हुनु भन्दा अघिनै मरियम पवित्र आत्माको शक्तिद्वारा गर्भवती भएकी थिइन्।

मत्ती 1:20

तर जब यूसुफले यसो गर्ने विचार लिए, परमप्रभुका एउटा दूत सपनामा उनीकहाँ आए। दूतले भने, “यूसुफ, दाऊदको पुत्र, मरियमलाई आफ्नी पत्नीको रूपमा ग्रहण गर्न तिमी डराउनु पर्दैन। उनको गर्भमा भएको नानी पवित्र आत्माबाट भएको हो।

मत्ती 1:23

“कन्या गर्भवती हुनेछिन्, र एउटा पुत्र जन्माउने छिन्, तिनीहरूले उहाँको नाउ इम्मानुएल राख्नेछन्।”(इम्मानुएलको अर्थ हो “परमेश्वर हामीहरूसित हुनुहुन्छ।”)

लूका 2:4

यूसुफ पनि गालीलको नासरत शहरबाट यहूदियाको बेतलेहेम नामक शहरमा गए। बेतलेहेम शहरलाई दाऊदको शहर भनिन्थ्यो।

Interlinear

Choose Theme