लेआले भनिन्, “परमेश्वरले मलाई एकदम अमूल्य उपहार दिनु भयो। अब निश्चय याकूबले मलाई ग्रहण गर्नेछन् कारण उनलाई मैले छवटा छोराहरू जन्माइदिएँ।” यसर्थ उनले त्यस छोरोको नाउँ जबूलून राखीन्।
Cross references
लेआ फेरि गर्भवती भई र छोरो जन्माई। उनले यो छोरोको नाउँ लेवी राखी। लेआले भनी, “अब, निश्चय मेरा पतिले मलाई प्रेम गर्नेछन्। मैले तिनलाई तीनवटा छोराहरू दिएँ।”
लेआले भनीन्, “तिमीले पहिले मेरा पतिलाई लगिसकेकी छौ, अब मेरो छोरोको विशेष फूलहरू लिने चेष्टा गरिरहेकी छौ।”तर राहेलले उत्तर दिई, “यदि तिमीले मलाई तिम्रो छोरोले ल्याएको विशेष फूलहरू दियौ भने तिमी आज राती याकूबसित सुत्न सक्छौ।”
लेआका छोराहरू हुनः रूबेन (याकूबको पहिलो छोरो), शिमोन, लेवी, यहूदा, इस्साकार अनि जबूलून।
जबूलूनका छोराहरूः सेरेद, एलोन अनि यहलेल थिए।
“जबूलून समुद्रको किनारमा बस्नेछ। समुद्रको किनार जहाजहरूको निम्ति सुरक्षित ठाउँ हुनेछ। उसको भूमि सीदोन शहरसम्म विस्तृत रहनेछ।”
अनि यी कुल समूह-रूबेन, गाद, आशेर जबुलुन, दान र नप्ताली चाँहि सराप सुन्नु एबाल डाँडामा हुनेछन्।
केदेश शहरमा, बाराकले जबूलून अनि नप्ताली कुल समूहहरूलाई बोलाए। बाराकले ती कुल समूहहरूबाट तिनको अनुसरण गर्नलाई 10,000 मानिसहरू भेला गरे। दबोरा पनि बाराकसित गइन्।
एप्रैमका मानिसहरू अमालेकको पहाडी देशबाट आए। बिन्यामीन, ती मानिसहरूले, तिमी अनि तिम्रा मानिसहरूको अनुसरण गरे। अनि, माकीरका कुलका सेनापतिहरू त्यहाँ उपस्थित थिए। जबूलून कुल समूहको नायकहरू अधिकारीहरू र कर्मचारीहरूसित आए।
त्यहाँ सानो बिन्यामीन छ, तिनीहरूलाई डोर्याईरहेका। अनि त्यहाँ यहूदाका महान् परिवार पनि छन्। अनि त्यहाँ जबूलून र नप्ताली अगुवाहरू पनि छन्।
येशू नासरतमा बस्नु भएन। उहाँ गालिल झीलको नजिकको कर्फनहुम नगरमा बस्नु भयो। कर्फनहुम जबुलून अनि नप्तालीका क्षेत्रमा पर्छ।