लेआले भनीन्, “तिमीले पहिले मेरा पतिलाई लगिसकेकी छौ, अब मेरो छोरोको विशेष फूलहरू लिने चेष्टा गरिरहेकी छौ।”तर राहेलले उत्तर दिई, “यदि तिमीले मलाई तिम्रो छोरोले ल्याएको विशेष फूलहरू दियौ भने तिमी आज राती याकूबसित सुत्न सक्छौ।”
Cross references
इस्राएलका परमेश्वरले तिमीहरूलाई चुन्नु भएको छ र यसमा तिमीहरू खुशी हुनुपर्छ कि तिमीहरू विशेष मानिसहरू भएकाछौ। इस्राएलका अन्य मानिसहरू भन्दा तिमीहरू बेग्लै हौ। इस्राएलका मानिसहरूलाई आराधनामा सहायता पुर्याउन परमप्रभुले तिमीहरूलाई उहाँको नजीक बनाई पवित्र पालको विशेष काम गराउन राख्नु भएको छ। के यो धेरै होइन?
हामीहरूलाई दूध र मह बगिरहेको देशबाट तिमीले बाहिर लिएर आयौ। तिमीले हामीलाई मार्नको निम्ति मरूभूमिमा ल्यायौ अनि हामीलाई देखाउन चाहान्छौ कि हामी माथि तिम्रो अधिकार छ।
तब यशैयाले भने, “हे दाऊदका घराना, ध्यानपूर्वक सुन! तिमीले मानिसहरूका धैर्यलाई जाँच्यौ अनि तिम्रो लागि यो त्यस्तो प्रमुख कुरा होइन। यसैले अब तिमीले मेरो परमेश्वरको धैर्य जाँच।
तिमीले त्यो सबै डरलाग्दा पाप काम गर्यौ जुन तिनीहरूले गरे। तर तिमीले त्यो काम पनि गर्यौ जुन तिनीहरूले गरेको भन्दा नराम्रो थियो।
यदि तिमीहरूबाटै म जाँचिन्छु भने पनि मलाई केही छैन र कुनै मानव-अदालतद्वारा जाँचिन्छ भने पनि मलाई केही छैन। म आफै पनि आफूलाई जाँच्दिन।