Home Bibles उत्पत्ति 27:19 · नेपाली बाइबल
उत्पत्ति 27:19 · नेपाली बाइबल

याकूबले आफ्नो बुबालाई भने, “म तपाईंको जेठो छोरो एसाव हुँ। तपाईंले जे भन्नुभयो मैले त्यही गरें। अब उठ्नुहोस् अनि मैले शिकार गरी मारेको मृगको मासुको स्वाद चाख्नु होस् ताकि तपाईंले मलाई आशिष दिनुहुन्छ।”

Cross references

उत्पत्ति 25:25

पहिलो छोरो रातो वर्णको थियो अनि उसको छाला भुत्लाले बनिएको लुगा जस्तो थियो। यसर्थ उसको नाउँ एसाव राखियो।

उत्पत्ति 27:4

मेरो निम्ति स्वादिष्ट भोजन बनाएर मलाई दे, म खान्छु। तब म मर्नुभन्दा पहिले तँलाईं आशीर्वाद दिन्छु।”

उत्पत्ति 27:21

तब इसहाकले याकूबलाई भने, “मेरो छोरो, मेरो छेऊमा आइज त, यदि मैले छोएँ भने म जान्न सक्छु साँच्चै तँ मेरो छोरो एसाव नै होस्।”

उत्पत्ति 27:24

इसहाकले सोधे, “के तँ साँच्चै मेरो छोरो एसाव होस्?”याकूबले उत्तर दिए, “हो, म एसाव नै हुँ।”

उत्पत्ति 29:23

त्यस रात उनकी छोरी लेआ याकूबलाई दिए। याकूब र लेआले त्यस रात सहवास गरे।

1 राजा 13:18

तब बूढा अगमवक्ताले भने, “तर म पनि तिमी जस्तैं नै अगमवक्ता हुँ।” तब बूढा अगमवक्ताले एउटा झूटो कुरा गरे। उनले भने, “परमप्रभुको एक जना स्वर्गदूत म कहाँ आयो। त्यो स्वर्गदूतले तिमीलाई मेरो घरमा लानु अनि तिमीलाई खाने-पिउने दिनुभन्यो।”

1 राजा 14:2

यारोबामले आफ्नी पत्नीलाई भने, “शीलोमा जाऊ। अगमवक्ता अहियाहसँग भेट गर। अहियाह त्यो मानिस हो जसले भनेको थियो, म इस्राएलको राजा हुनेछु। आफ्नो लुगाहरू यसरी लगाऊ कि मानिसहरूले तिमी मेरी पत्नी हौ भनेर थाह नपाउन्।

यशैया 28:15

तिमीहरूले भन्छौ, “हामीले मृत्युसँग सम्झौता गरेका छौं। हाम्रो पातालसँग सम्झौता छ। यसैले हामी दण्डित हुने छैनौं। दण्डले हामीलाई घात नगरी जानेछ। हामी हाम्रो चलाकी अनि झूटो पछाडी लुक्नेछौं।”

जकरिया 13:3

यदि कुनै मानिसले अगमवाणी गरे त्यसले दण्ड पाउँनेछ। यहाँ सम्म कि त्यसको आफ्नो आमा-बाबुले पनि भन्नेछन्, ‘तैंले परमप्रभुको नाउँमा झूटो बोलिस्। यसकारण तँ मर्नु पर्छ।’ त्यसको आमा-बाबुले अगमवाणी गरेकोमा त्यसलाई छुराले रोपिदिनेछन्।

मत्ती 26:70

तर पत्रुसले त्यहाँ उपस्थित भएका सबै मानिसहरूको अघाडी यो कुरालाई अस्वीकार गरे। उनले भने, “कि तिमीहरू के कुरा गरिरहेको छौ मैले केही बुझिन?”

Interlinear

Choose Theme