परमप्रभुले मेरा मालिकलाई धेरै आशीर्वाद दिनुभएको छ। मेरा मालिक महान मानिस हुनु भएकोछ। परमप्रभुले अब्राहामलाई धेरै बगाल बाख्राहरू र धेरै बथान गाई-वस्तु दिनु भएकोछ। अब्राहामको धेरै धेरै ऊँटहरू र गधाहरू छन् दास-दासी र सुन-चाँदीहरू पनि निकै नै छन्।
Cross references
म तिमीलाई आशीर्वाद दिनेछु, तिमीबाट महान् राष्ट्र बनाएर प्रसिद्ध बनाउनेछु। तब मानिसहरूले अरूलाई आशीर्वाद दिदाँ तिम्रो नाउँ लिनेछन्।
फिरऊनले अब्रामसित राम्रो व्यवहार गरे कारण तिनलाई फिरऊनले साराईको भाइ सम्झे अनि उनले अब्रामलाई भेडा, गाई-वस्तु, गधा तथा पुरूष अनि महिला सेवकहरू र ऊँटहरू पनि दिए।
यस समय अब्राम निकै धनी थिए कारण तिनीसँग घेरै गाई-वस्तु र घेरै सुन-चाँदीहरू थिए।
अब्राहाम दीर्घ जीवन बाँचे अनि अत्यन्तै वृद्धा भएका थिए र त्यो समय भरि तिनले गरेका प्रत्येक कुरालाई परमप्रभुले आशीर्वाद दिनु भयो।
अब्राहामको मृत्यु भएपछि परमेश्वरले इसहाकलाई आशीर्वाद दिनुभयो अनि तिनी बेर-लहै-रोईमा बसिरहे।
इसहाकले त्यस भूमिमा खेती गरे अनि त्यस वर्ष धेरै नै फसल उब्जाए। परमप्रभुले उसलाई धेरै आशिष दिनु भयो।
आफ्ना बाबुका परमेश्वरबाट शक्ति पाउनेछन्। सर्वशाक्तिमान परमेश्वरले तिमीलाई आशीर्वाद दिऊन, अनि स्वर्गबाट तिमीलाई आशीर्वाद दिऊन, अनि अगाध गहिरो समुद्रबाट तिमीलाई आशीर्वाद दिऊन्। उहाँले तिमीलाई स्तन र गर्भबाट आशीर्वाद दिऊन।
अय्यूबको आफ्नै 7,000 भेडाहरू, 3,000 ऊँटहरू, 1,000 साँढेहरू र 500 गधाहरू थिए। उनको धेरै नोकर चाकरहरू थिए। अय्यूब पूर्वतिरका एक धनी मानिस थिए।
अय्यूबले आफ्ना मित्रहरूको लागि प्रार्थना गरे। अनि परमप्रभुले अय्यूबलाई फेरि सफल पार्नुभयो। परमेश्वरले उससँग भएको भन्दा दुइगुणा ज्यादा अय्यूबलाई दिनुभयो।
परमेश्वर तपाईंले रक्षा गर्नुभयो र मलाई जित्नमा सघाउनु भयो। तपाईंको दाहिने पाखुराले मलाई सघाउनु भयो। तपाईंले शत्रुलाई परास्त गर्नमा सघाउनु भयो।
परमेश्वरले ती मानिसहरूलाई आशीर्वाद दिनु भयो। तिनीहरूका सन्तानहरू बढे। तिनीहरूका अधिक भन्दा अधिक पशुहरू भए।
त्यस मानिसको परिवारहरू अति सम्पन्न हुनेछ अनि उसको भद्रता सदा सर्वदा रहने छ।
परमेश्वरको आशीर्वादले धन सम्पत्ति ल्याउँछ अनि उहाँले यसमा कष्टहरू थप्नु हुन्न।