Home Bibles भजनसंग्रह 112:3 · नेपाली बाइबल
भजनसंग्रह 112:3 · नेपाली बाइबल

त्यस मानिसको परिवारहरू अति सम्पन्न हुनेछ अनि उसको भद्रता सदा सर्वदा रहने छ।

Cross references

अय्यूब 5:24

तिम्रो घरमा शान्ति रहेको तिमीले चाल पाउनेछौ। तिमीले आफ्नो सम्पत्ति गन्नेछौ अनि कुनै पनि चीज हराएको हुनेछैन्।

भजनसंग्रह 34:10

बलवान मानिसहरू कमजोर र भोका हुनेछन्। तर जुन मानिसहरू सहयोग माग्न परमेश्वर कहाँ जान्छन् तिनीहरू मध्ये प्रत्येकले असल थोकहरू पाउनेछन्।

भजनसंग्रह 34:11

केटा-केटीहरू मलाई ध्यान देऊ, म तिमीहरूलाई परमेश्वरको आदर गर्ने तरिका सिकाउनेछु।

भजनसंग्रह 111:3

परमप्रभुले साँच्चि नै महिमापूर्ण र अचम्मका कामहरू गर्नुभयो। उहाँको धार्मिकता सदा-सर्वदा रहने छ।

भजनसंग्रह 111:10

ज्ञान परमेश्वरको भय र आदरबाट प्रारम्भ हुन्छ। मानिसहरू जसले परमेश्वरलाई मान्दछ उनीहरू ज्ञानी हुन्। स्तुति प्रशंसाहरू परमेश्वर प्रति सर्वदा गाइनेछ।

भजनसंग्रह 112:9

त्यस्तो मानिस जसले आफ्नो इच्छा अनुसार गरीब मानिसहरूलाई चीजबीजहरू दिंदछ। अनि उसको उपकार सर्वदा रही रहने छ।

हितोपदेश 3:16

ज्ञानको दाहिने हातमा दीर्घायु छ भने देब्रे हातमा धन र सम्मान छ।

हितोपदेश 15:6

धर्मी मानिसको घरमा प्रशस्त धन हुन्छ, तर दुष्ट मानिसको कमाइले कष्ट मात्र निम्तियाँछ।

हितोपदेश 21:20

बुद्धिमान मानिसले आफूलाई चाहिने चीजहरू संचय गरेर राख्छ भने, मूर्खले यो सबैलाई खाने र खर्च गर्नेछ।

यशैया 32:17

त्यो धार्मिकता शान्ति र सुरक्षा सदाका निम्ति रहनेछ। तिनीहरू चुपचाप शुन्य र शान्तिमय ठाउँमा बस्ने छन्।

यशैया 33:6

यरूशलेम तिमी सम्पन्न छौ। तिनी ईश्वरी ज्ञान र बुद्धिले सम्पन्न छौ। तिमीहरू मुक्तिले समृद्ध छौ। तिमीहरू परमप्रभुको आदर गर्छौ, अनि त्यसैले तिमीहरू समृद्ध छौ। यसर्थ तिमीहरू जान्न सक्छौ तिमीलाई यस्तै भइरहनेछ।

यशैया 51:8

किन? किनभने तिनीहरू पुराना लुगाहरू जस्ता हुन्। माऊ कीराहरूले तिनीहरूलाई खानेछन्। तिनीहरू ऊन जस्तो हुन कीराहरूले तिनीहरूलाई खानेछन तर मेरो सद्भावना सदा-सर्वदा चलिरहनेछ। मेरो उद्धार सदा सर्वदा लगातार चलिरहनेछ।”

मत्ती 6:33

तिमीहरू अरू थोकभन्दा परमेश्वरको राज्य र उहाँको धार्मिकताको विषयमा इच्छा गर। तब उहाँले तिमीहरूलाई तिमीहरूले चाहेका यी जम्मै कुराहरू दिनुहुनेछ,

मत्ती 24:22

परमेश्वरले त्यो महासंकटको समय छोट्याउनुभएको छ। यदि त्यो समय छोट्याइएन भने, कुनै मानिस पनि बाँच्ने छैन। तर आफूले चुनेका मानिसहरूलाई मद्दत गर्नलाई परमेश्वरले त्यो समयलाई छोटो पार्नु भएकोछ।

2 कोरिन्थी 6:10

हामी धेरै दुःखी छौं, तर हामी खुशी मनाइरहेकै छौं। हामी गरीब हौं, तर हामीले धेरै मानिसहरूलाई धनी बनाइरहेका छौं। हामीसित केही छैन, तर पनि वास्तवमा हामीसित प्रत्येक चीज छ।

फिलिप्पी 4:18

आफूलाई चाइएको जम्मै कुरा मसित छन् र चाहिए भन्दा बडतै पनि भएको छ। इपाफ्रोडाइटसलाई तिमीहरूले पठाएका सौगातहरू लिएर आए यसर्थ मलाई चाहिएको प्रत्येक कुरो मसित छ। तिम्रो भेटी त परमेश्वरलाई अर्पण गरिएको अत्यन्तै सुगन्धित बलिदान रहेछ। परमेश्वरले यो ग्रहण गर्नु हुन्छ अनि यसले उहाँलाई प्रसन्न पार्छ।

1 तिमोथी 6:6

निश्चयनै परमेश्वरको सेवाले मानिसलाई धनवान तुल्याउँछ यदि आफूसित भएको कुरामा उसलाई सन्तोष छ भने।

Interlinear

Choose Theme