जेठी छोरीले छोरो जन्माई र उसको नाउँ मोआब राखी। मोआब आजका सबै मोआबी मानिसहरूको पिता हुन्।
Cross references
ए मोआब तँलाई धिक्कार छ। ए कमोशका प्रजाहरू हो तिमीहरू नष्ट भयौ। यसले आफ्नो छोराहरूलाई भगौटे बनाएर र छोरीहरूलाई कैद गराएर, एमोरीहरूका राजा सीहोनलाई दिएको छ।
त्यसपछि इस्राएलीहरूले मोआबको यर्दन मैदानहरूमा यात्रा गरे। यरीहो पारी पट्टि यर्दन नदी नजिकै तिनीहरूले पाल हाले।
जब बिलामले चाल पाए कि परमप्रभु इस्राएलीहरूलाई आशीर्वाद दिनमा खुशी हुनुहुन्छ, तिनले आफ्नो जादु टुनाहरू प्रयोग गरेनन, तर तिनी मरूभूमि तिर फर्केर हेरे।
“परमप्रभुले मलाई भन्नु भयो, ‘मोआबका मानिसहरूलाई कष्ट नदेऊ तिनीहरूसित लडाइँ नगर, म तिमीहरूलाई तिनीहरूको एक टुक्रा भूमि पनि दिनेछैन मैले आर शहर लूतका सन्तानहरूलाई दिइसकेको छु।”‘
तिमीहरू अम्मोनी मानिसहरूको नजिकै जानेछौ। तर तिनीहरूलाई कष्ट नदेऊ तिनीहरूसँग युद्ध नगर किनभने म तिनीहरूको भूमिबाट तिमीहरूलाई केही पनि दिने छैन, किनभने, तिनीहरू लूतका सन्तानहरू हुन् अनि मैले तिनीहरूलाई त्यो भूमि दिएको छु।”‘
“अम्मोनी र मोआबी तथा तिनीहरूका सन्तानले दश पुस्तासम्म परमप्रभुको सभामा इस्राएल बासीहरूसँग सम्मिलित हुन सक्तैनन्।
परमप्रभुले ती अन्य जातिहरूका सबै मानिसहरूलाई इस्राएलको भूमि छोडन कर लगाउँनु भएन। परमप्रभु इस्राएलका मानिसहरूको परीक्षा गर्न चाहनुहुन्थ्यो। यससमय जीवित रहेका कुनै पनि इस्राएलका मानिसहरू कनानको भूमि लिनका निम्ति गरिएको युद्धमा लडेका थिएनन्।
म मेरी पत्नी बनाउनका निम्ति, महलोनकी विधवा पत्नी, रूथलाई पनि किनी रहेछु। म यसो गर्दैछु ताकि त्यो मृत मानिसको सम्पत्ति उसको आफ्नै परिवारमा रहन्छ। यस प्रकारले मृत मानिसको नाउँ आफ्ना परिवार अनि आफ्नो देशबाट अलग हुनेछैन। आज तपाईंहरू यसको साक्षी हुनुहुन्छ।”
शऊलले इस्राएलमा पूरा अधिकार जमाए। शाऊल इस्राएल वरिपरिका शत्रुहरूसित लडे। शाऊल मोआबी, अम्मोनी, एदोमी, सीबाका राजा र पलिश्तीहरूसंग लडे। जहाँ-जहाँ गएर लडे शाऊलले इस्राएलका शत्रुहरूलाई हराए।
पछि, दाऊदले पलिश्तीहरूलाई जित्छन्। पलिश्तीहरूको राजधानी शहरले ठूलो भू-भाग नियमन्त्रणमा राखेका थिए। दाऊदले त्यस भू-भाग माथि अधिकार जमाए।
आहाबका छोरा योराम सामरियामा इस्राएलका राजा भए। यहोशापात यहुदाको राजा हुँदा अठाह्रौं वर्षकोसमयमा उनले शासन शुरू गरे। योरामले बाह्र वर्ष शासन गरे।
परमेश्वर, तिनीहरूलाई मिद्यानीहरूलाई झैं परास्त पारिदिनु होस्, सिसरा र याबीनहरूलाई किसोन नदीको किनार परास्त पारे झैं पार्नुहोस्।
परमप्रभु भन्नुहुन्छ, “मलाई थाहा छ मोआब अनि अम्मोनका मानिसहरूले के गरे? तिनीहरूले मेरो मानिसहरूलाई खिसी गरे अनि आफ्नो देश अझ बिशाल बनाउनको निम्ति उनीहरूको भूमि लिए।