Home Bibles ☰ Books उत्पत्ति 15:9 · नेपाली बाइबल
उत्पत्ति 15:9 · नेपाली बाइबल

परमेश्वरले अब्रामलाई भन्नुभयो, “हामी एउटा करार गर्नेछौं। एउटा तीन वर्षको कोरली, त्यसरी नै तीन वर्ष पुगेको बाख्रा अनि तीन वर्ष पुगेको एउटा भेडा ल्याऊ। अनि एउटा ढुक्कुर र एउटा परेवाको बच्चा पनि ल्याऊ।”

Cross references

उत्पत्ति 22:13

तब अब्राहामले त्यहाँ एउटा थुमा देखे। त्यो भेडाको पाठाको सींङ पोथ्रामा अडकिएको थियो। यसर्थ अब्राहामले त्यो थुमालाई मारे अनि आफ्नो छोराको बलिको सट्टामा त्यसलाई परमेश्वरको बलिदानको रूपमा चढाए।

लेवी 1:3

“यदि उसले गोरू होमबलि चढाउँछ भने, त्यो निष्खोट बाछो हुनुपर्छ। उसले बाछो भेट हुने पालको ढोकामा चढाउनु पर्छ जसले गर्दा त्यो परमप्रभुलाई ग्रहण योग्य हुनेछ।

लेवी 1:10

“यदि उसको भेटी पशु हो भने, पाठो अथवा थुमा निष्खोट हुनुपर्छ। जब बलिदानहरू चढाउँदा उसले पाठो अथवा बोका चढाउनुपर्छ।

लेवी 1:14

“यदि ऊ चरा बलिको रूपमा चढाउँछ भने, त्यो होमबलि ढुकुर अथवा परेवा हुनुपर्छ।

लेवी 3:1

“यदि उसको बलि मेलबलिको निम्ति हो भने गाई-गोरू मध्येको हुनुपर्छ। तर पशु चाही निष्खोट होस्।

लेवी 3:6

“यदि उसको मेलबलि कै भेटी हो भने आफ्ना भेडा अथवा एउटा आफ्ना बाख्राको बगालहरूबाट हो भने त्यो निष्खोट हुनपर्छ चाहे यो पाठो अथवा पाठी होस्।

लेवी 9:2

हारूनलाई उनले भने, “बगालबाट निष्खोट एउटा बाछा पापबलिको निम्ति अनि होमबलिको निम्ति एउटा निष्खोट भेडा ल्याएर परमप्रभु सम्मुख बलि चढाऊ।

लेवी 9:4

अनि एउटा थुमा, एउटा साँढे र एउटा भेडा मेलबलिको निम्ति अनि अन्न बलि तेल सित मिसाएका उपहार झैं किन? किनभने आज परमप्रभु तिमीहरूको अघि प्रकट हुनुहुनेछ।’”

लेवी 12:8

यदि उसले थुमा चढाउन सक्तिन भने होमबलि र पापबलिको निम्ति एक जोडी परेवाका बचेरा अथवा ढुकुर ल्याउनु पर्छ र पूजाहारीले उसलाई शुद्ध पार्छ अनि ऊ शुद्ध हुन्छे।”

लेवी 14:22

अनि आफूले व्यवस्था गर्न सके अनुसार दुइवटा ढुकुर अथवा परेवाको बच्चा, एउटा पापबलिको निम्ति र अर्को होमबलिको निम्ति ल्याओस्।

लेवी 14:30

“तब जवान ढुकुर अथवा परेवा जे हुन्छ उसले जगेडा गर्न सक्छ।

भजनसंग्रह 50:5

परमेश्वर भन्नुहुन्छ, “मेरा शिष्यहरू मेरो वरिपरि भेला हुन आऊ मेरा भक्तजनहरू र हामी एकाअर्कासित सम्झौता गरौं।”

यशैया 15:5

मेरो हृदय मोआबको निम्ति रून्छ। उसका मानिसहरू सुरक्षाका निम्ति भागे। तिनीहरू सोअर तर्फ भागे। तिनीहरू एग्लत शलीशियाह तर्फ भागे। मानिसहरू लूहीतको उकालो बाटोहरूमाथि रूदै चिच्याउँदै चढे। होरोनैमा उक्ँलिदा तिनीहरू चिच्याउँदै गए।

लूका 2:24

अनि, “तिमीले एक जोडी ढुकुर अथवा एक जोडी बच्चा परेवा बलिदान स्वरूप प्रदान गर्नुपर्छ।” अनि यसकारण परमप्रभुको व्यवस्था अनुसार यो बलिदान प्रदान गर्न यरूशलेममा गए।शिमियोनले येशूलाई देखे

Interlinear

Choose Theme