Home Bibles ☰ Books उत्पत्ति 15:20 · नेपाली बाइबल
उत्पत्ति 15:20 · नेपाली बाइबल

हित्ती, परिज्जी, रपाई,

Cross references

उत्पत्ति 14:5

यसर्थ राजा कदोर्लाओमेर अरू राजाहरूसित मिले जो उनको समर्थनमा थिए, तिनीहरूसित युद्ध गर्न आए। राजा कदोर्लाओमेर र तिनका सहयोगीहरूले अस्तरो कर्णोममा रपाईलाई पराजित गरे। तिनीहरुले हाममा जूजी मानिसहरू, शावे-किर्यामा एमीमका मानिसहरूलाई परास्त गरे।

गन्ती 13:29

नेगेव भूमिमा अमालेकीहरूले बसो-बास गरेको पायौं भने पहाडी क्षेत्रमा हित्ती, यबूसी अनि एमोरीहरू, अनि समुद्रको किनार र यर्दन नदीको किनारमा कनानीहरू बसो-बास गर्दा रहेछन्।”

व्यवस्था 20:17

तर परमप्रभु तिमीहरूका परमेश्वरले दिनु भएको आज्ञा अनुसार हित्ती, एमोरी, कनानी, परिज्जी, र हिब्बी र यबूसीहरू सबैलाई एकदमै नष्ट पार्नु पर्छ।

यहोशू 17:15

यहोशूले तिनीहरूलाई उत्तर दिए, “यदि तिमीहरूसित अति धेरै मानिसहरू भए तब माथि पहाडी भूमिको जंङ्गलले भरिएको क्षेत्रमा जाऊ अनि त्यो भूमिको जंङ्गल फाँडेर त्यसलाई प्रयोग गर्न सक्छौ। त्यो भूमि अहिले परिज्जी अनि रपाई मानिसहरूको हो। तर यदि एप्रैमको पहाडी देश तिमीहरूका निम्ति अति सानो भए गएर त्यो भूमि लेऊ।”

यशैया 17:5

त्यस समय रफाईमको वेंसीमा बाली भित्र्याउने समय जस्तै हुनेछ। कर्मीहरूले खेतमा सप्रेको बाली थुर्पाछन्। तब तिनीहरूको बोटहरूबाट बाला टिप्छन अनि अन्न बटुल्छन्।

Interlinear

Choose Theme