Home Bibles उत्पत्ति 15:21 · नेपाली बाइबल
उत्पत्ति 15:21 · नेपाली बाइबल

एमोरी कनानी, गिर्गाशी तथा यबूसी दिनेछु। यो सम्पूर्ण भूमि मिश्रको नदी अनि यूफ्रेटिस नदीको माझमा पर्छ।”

Cross references

उत्पत्ति 10:15

कनान सीदोनका पिता थिए र त्यो नै कनानका जेठो छोरो थियो। कनान हेत मानिसहरूका पिता थिए।

प्रस्थान 3:8

अब म त्यहाँ जान्छु अनि मेरो मानिसहरूलाई मिश्री मानिसहरूबाट बचाउँछु। म तिनीहरूलाई त्यस स्थानबाट निकालेर तिनीहरूले कष्ट भोग्नु नपर्ने स्थानमा लिएर जान्छु। त्यो ठाउँ धेरै-धेरै असल चीजहरूले भरिएको हुनेछ र कनानी, हित्ती, एमोरी, परिज्जी, हिव्वी र यबूसी जस्ता विभिन्न जातिका मानिसहरू बसो-बास गर्छन्।

प्रस्थान 3:17

उहाँले यसो भन्नु भयो तिमीहरूलाई मिश्रबाट बाहिर निकाल्नु हुनेछ, अनि विभिन्न जातिहरूको भूमिमा लानु हुनेछन् जस्तै कनानी, हित्ती, एमोरी, परिज्जी, हिव्वी र यबूसीहरू अनि दूध र मह बगिरहेको भूमिमा पुर्याउनु हुनेछ।’

प्रस्थान 23:23

“मेरो स्वर्गदूतले तिमीहरूलाई एमोरीहरू हित्ती, परिज्जी, कनानी, हिब्बी र यबूसीहरूको को विरोद्धमा लिएर जानेछ अनि म तिनीहरूलाई पराजित गर्नेछु।

प्रस्थान 33:2

म एकजना स्वर्गदूतलाई तिम्रो अगुवाइ गर्न पठाउनेछु अनि कनानी, एमोरी, हित्ती, परिज्जी, हिव्वी अनि यबूसीहरूलाई तिनीहरूको भूमि छोडन बाध्य गराउनेछु।

प्रस्थान 34:11

आज म जुन आज्ञाहरू दिनेछु त्यो पालन गर अनि म एमोरी, कनानी, हित्ती, परिज्जी, हिव्वी अनि यबूसीहरूलाई भूमि छोडन जोड लगाउनेछु।

गन्ती 13:29

नेगेव भूमिमा अमालेकीहरूले बसो-बास गरेको पायौं भने पहाडी क्षेत्रमा हित्ती, यबूसी अनि एमोरीहरू, अनि समुद्रको किनार र यर्दन नदीको किनारमा कनानीहरू बसो-बास गर्दा रहेछन्।”

गन्ती 21:31

यसकारण इस्राएलीहरूले एमोरीहरूको भूमि दखल गरे।

गन्ती 21:32

मोशाले याजेरको शहरमा खूपियाहरू पठाए। मोशाले यसो गरे पछि इस्राएलीहरूले त्यसका वरिपरिका शहरहरू अधीनमा ल्याए अनि एमोरीहरूलाई लखेटे।

व्यवस्था 7:1

“तिमीहरूले आफ्नो बनाउनको निम्ति प्रवेश गरिरहेको भूमिमा परमप्रभु तिमीहरूका परमेश्वरले मार्ग-दर्शन गर्नु हुनेछ। तिमीहरूभन्दा अझ ठूला अनि शक्तिशाली सातवटा देशहरू-हित्ती, गिर्गाशी, एमोरी, कनानी, पारिज्जी, हिव्वी र यबूसीहरूलाई परमप्रभुले तिमीहरूलाई बसाउन बलपूर्वक निकाल्नु हुनेछ।

व्यवस्था 20:17

तर परमप्रभु तिमीहरूका परमेश्वरले दिनु भएको आज्ञा अनुसार हित्ती, एमोरी, कनानी, परिज्जी, र हिब्बी र यबूसीहरू सबैलाई एकदमै नष्ट पार्नु पर्छ।

यहोशू 3:10

यहाँ प्रमाण छ कि जीवित परमेश्वर साँच्चै तिमीहरूका साथ हुनुहुन्छ। यहाँ प्रमाण छ कि उहाँले सँच्चै नै तिमीहरूका शत्रुहरूलाई परास्त गरिदिनु हुनेछ। उहाँले कनानी, हित्ती, परिज्जी, गिर्गाशी, एमोरी अनि यबूसी मानिसहरूलाई परास्त गर्नुहुने छ, उहाँले तिनीहरूलाई त्यो भूमि छोड्न वाध्य तुल्याउनु हुनेछ।

1 इतिहास 1:14

नतनेल यिशैका काहिंला छोरा थिए। यिशैका अन्तरे छोरा रद्दै थिए।

मत्ती 8:28

गदरिनीहरूको मुलुकको एउटा झीलको अर्कोतर्फ येशू आइपुग्नु भयो। त्यहाँ दुईजना मानिस येशू कहाँ आए। तिनीहरूलाई भुत लागेको थियो। तिनीहरू चिहानको गुफामा बस्दथे। तिनीहरू अत्यन्तै डरलाग्दा थिए। यसले गर्दा मानिसहरू त्यो बाटो हिंडने आँट गर्दैनथे।

Interlinear

Choose Theme