किनभने म तिमीलाई सम्पूर्ण भूमि दिनेछु जो तिम्रो आफ्नो आउँदो पुस्ताकोलागि हुनेछ अनि यो सदाका लागि तिम्रो भूमि हुनेछ।
Cross references
त्यहाँ परमप्रभु अब्रामको अघि प्रकट हुनुभयो अनि भन्नुभयो, “म तेरो सन्तानहरूलाई (अनि अरू कसैलाई पनि होइन) यो भूमि दिनेछु।”अब्रामले त्यस ठाउँमा जहाँ परमप्रभु तिनी अघि प्रकट हुनु भएको थियो। पूजाको निम्ति वेदी बनाए।
यस प्रकारले त्यसै दिन परमप्रभुले अब्रामसित एउटा सम्झौता गर्नु भयो अनि भन्नुभयो, “तेरा सन्तानहरूका लागि मात्र म यो घरती दिनेछु।
म तिम्रो र मेरो बीचमा एक करार तयार बनाउँछु जुन करार तिम्रा सन्तानहरूको निम्ति पनि हुनेछ। म तिम्रो र तिम्रा सबै सन्तानहरूको परमेश्वर रहनेछु। यो करार संधैको निम्ति रही रहनेछ।
अब्राहाम एउटा महान र शक्तिशाली जाति बनिनेछन् अनि पृथ्वीका सबै मानिसहरू तिनको कारणले आशिष पाउनेछन्।
परमप्रभु, स्वर्गका परमेश्वरले मलाई मेरो जन्म थलोबाट यस भूमिमा ल्याउनुभयो। त्यो देश मेरो पिता अनि उनको परिवारको निम्ति थियो। तर परमप्रभुले म र मेरो परिवारलाई यो नयाँ भूमि दिने प्रतिज्ञा गर्नु भयो। परमप्रभु आफैले तिमीलाई लिएर जानका लागि एकजना स्वर्गदूत पठाउन् ताकि मेरो छोरोले बेहुली रोज्न सक्छ अनि यहाँ ल्याउँछ।
त्यही देशमा बस तब म तलाईं सहायता गर्नेछु। म तलाईं आशिर्वाद दिनेछु। तेरो परिवार र तँलाईं यो सबै देश दिनेछु। म त्यही गर्नेछु जुन मैले तेरो बाबु अब्राहामलाई वचन दिएको थिएँ।
म प्रार्थना गर्छु, परमेश्वले अब्राहामलाई झैं तलाईं अनि तेरा सन्तानलाई आशीर्वाद दिनु हुनेछ। अनि म प्रार्थना गर्छु तँ जहाँ बसेको छस् त्यही भूमि तेरो हुनेछ। परमेश्वले अब्राहमलाई दिनु भएको भूमि त्यही हो।”
याकूबले स्वर्गदूतहरूलाई यस लिस्नुमा चढेको र ओर्लेको देखे। उनले परमप्रभुलाई आफ्नो छेऊमा उभिएको देखे। परमप्रभुले भन्नुभयो, “म तिम्रो बाजे अब्राहामको परमेश्वर हुँ। म इसहाकको परमेश्वर हुँ। म तिमीलाई त्यो भूमि दिनेछु जहाँ तिमी सुतिरहेका छौ। म त्यो भूमि तिमी र तिम्रा सन्तानहरूलाई दिनेछु।
मैले अब्राहाम र इसहाकलाई विशेष भूमि दिएँ र अब तिमीलाई त्यो भूमि दिनेछु। अनि त्यो भूमि तिमीपछि आउने तिम्रा सन्तानलाई पनि दिनेछु।”
परमेश्वरले भन्नुभयो, ‘म तिम्रो एउटा विशाल परिवार बनाउनेछु। म तिमीलाई धेरै नानीहरू दिनेछु अनि तिमी महान व्यक्ति हुने छौ। तिम्रा परिवारले यो भूमिमा संधैको निम्ति अधिकार जमाउनेछन्।’
तब परमप्रभुले मोशालाई भन्नु भयो, “तिमी र तिम्रा मानिसहरू जसलाई तिमीले मिश्र देशबाट ल्याएका छौ त्यो ठाउँबाट गईहाल। अनि तिमीहरू त्यो भूमिमा जाऊ जुन मैले अब्राहाम, इसहाक र याकूबलाई दिन्छु भनी प्रतिज्ञा गरेको थिएँ। मैले तिनीहरूलाई वचन दिएर भनेको थिएँ, तिमीहरूका भावी सन्तानलाई म त्यो भूमि दिनेछु।
“इस्राएलका मानिसहरूलाई यो आदेश देऊः जब तिमीहरू कनान देशमा पस्नेछौ, तिमीहरूलाई दिइएको भूमिको सिमाना यस प्रकार हुनेछ।
त्यसपछि सिमाना यर्दन नदी तिर फैलिंदै खारा समुद्रमा अन्त हुनेछ। तिमीहरूको भूमिको वरिपरिका सिमानाहरू यिनै हुन्।”
परमप्रभु तिमीहरूका परमेश्वरले दिनु भएको भूमिमा उब्जनीको बाली बटुलेर त्यसको अशं डालोमा हालेर परमप्रभु तिमीहरूका परमेश्वरले आफ्नो निम्ति रोज्नु भएको विशेष ठाउँमा लैजानु हुनेछ।
तब परमप्रभुले मोशालाई भन्नुभयो, “यही भूमि हो मैले अब्राहाम, इसाहक अनि याकूबलाई दिन्छु भनी प्रतिज्ञा गरेको थिएँ। मैले तिनीहरूको भावी सन्तानलाई दिन्छु भनेको थिएँ। तिमीलाई मैले यी भूमि आफ्नै आँखाले हेर्न दिएँ तर तिमी त्यहाँ जान पाउने छैनौ।”‘
परमप्रभुले इस्राएललाई भन्नु भयोः “मैले तिमीलाई यो कनानको भूमि सुम्पि दिएँ। यो तिम्रो पैतृक सम्पत्तिको भाग हुनेछ।”
तपाईं हाम्रा परमेश्वर हुनुहुन्छ। तपाईंले यो देशमा बस्ने मानिसहरूलाई छोडन बाध्य तुल्याउनु भयो। तपाईंले तपाईंका इस्राएली मानिसहरूका सामुन्ने यो काम गर्नु भयो। तपाईंले यो देश सदाको निम्ति अब्राहामका सन्तानहरूलाई दिनु भयो। अब्राहम तपाईंका मित्र थिए।
तपाईं परमप्रभु परमेश्वर हुनुहुन्छ जसले अब्रामलाई चुन्नु भयो, अनि कल्दीहरूको ऊरबाट बाहिर ल्याउनु भयो, अनि उसलाई अब्राहाम नाउँ दिनुभयो।
यदि धर्मी मानिसहरूले अरूहरूलाई आशीर्वाद दिए भने, तिनीहरूले परमप्रभुको वचन अनुसार जमीन पाउनेछन्। तर तिनीहरू जसलाई उहाँले सराप्नु भएको छ, सम्पूर्ण रूपमा नष्ट हुनेछन्।
धार्मिक मानिसहरूले परमप्रभुको वचन अनुसारको देश पाउनेछन्। तिनीहरू त्यहाँ सदा-सर्वदा बस्ने छन्।
परमेश्वरले अब्राहामसित करार गर्नु भएको थियो। परमेश्वरले इसहाक प्रति प्रतिज्ञा राख्नु भएको थियो।
परमप्रभुको प्रशंसा गर! कुनै मानिसले परमेश्वरको डर र आदर राख्दछ। उ सुखी हुनेछ। त्यस मानिसले परमेश्वरका आज्ञाहरू मन पराउँदछ।
तपाईंका पवित्र मानिसहरू आफ्ना देशमा केही समय सम्म मात्र बसे। त्यसपछि हाम्रा शत्रुहरूले तपाईंको पवित्र मन्दिरमा कुल्चेर हिँडे।
धन्य विनम्र हुनेहरू, किनभने तिनीहरूले पृथ्वीको अधिकार पाउनेछन्।
तर उहाँले अब्राहामलाई त्यो जमीनको कुनै टुक्रा आफ्नो बनाउन दिनुभएन, खालि यसको एक फूट मात्र पनि दिनुभए। तर तिनले प्रतिज्ञा गरे कि भविष्यमा त्यो जमीन उसको अनि उसको उत्तरधिकारीको हुनेछ। यद्यपि त्यस बेला अब्राहमको कुनै सन्तान थिएन।