Cross references
अब्रामले भने, “हे परमप्रभु परमेश्वर! हजुरले मलाई के दिनुहुन्छ? यस्तो हजुरले दिंदा मलाई खुशी पार्ने केही छैन। किन? किनभने, मसित छोरा छैन। यसर्थ मेरो घरमा जन्मेको कमारा दमीसकको एलीएजरले मेरो मृत्यु पछाडी मसँग भएका सबै सम्पत्ति पाउँनेछ।”
साराई अब्रामकी पत्नी थिइन्, तर ती दुइ जनाको कुनै सन्तान भएन। साराईकी एउटी कमारी थिई, जसको नाउँ हागार थियो त्यो मिश्रकी थिई।
साराईले आफ्नो लोग्नेलाई भनी, “परमप्रभुले मलाई कुनै सन्तान दिनु भएन। यसर्थ मेरी कमारीसित तपाईंले सहवास गर्नुहोस् अनि म त्यस कमारीबाट जन्मेको नानीलाई मेरो आफ्नै नानी मान्नेछु।”अब्रामले आफ्नी पत्नीको सल्लाह माने।
अब्राहाम र सारा निकै वृद्ध भइसकेका थिए। साराको सन्तान जन्मिने समय बितिसकेको थियो।
परमप्रभुले सारालाई दया गर्ने प्रतिज्ञा गर्नु भएको थियो। परमप्रभु आफ्नो प्रतिज्ञा अनुसार साराप्रति दयालु हुनुभयो।
इसहाककी पत्नी रिबेका बाँझी थिई। यसर्थ इसहाकले आफ्नी पत्नीका निम्ति परमप्रभुसित प्रार्थना गरे। परमप्रभुले तिनको प्रार्थना सुन्नु भयो अनि रिबेका गर्भवती भइन्।
परमप्रभुले जान्नु हुन्थयो, याकूबले राहेललाई लेआ भन्दाबेशी माया गर्थे। यसर्थ परमप्रभुले लेआलाई एउटा नानी जन्माउन सक्ने योग्य बनाउनु भयो तर राहेल बाँझी रहिन्।
राहेलले अनुभव गरिन् उनले याकूबको निम्ति कुनै नानी जन्माउनु सकेकी थिइन। यसर्थ ऊ आफ्ना दिदीसित डाही भई। यसर्थ राहेलले याकूबलाई भनी, “मलाई नानी दिनु होस् नत्र म मर्नेछु।”
सोरा शहरमा एक मानिस थिए। त्यो मानिसको नाउँ मानोह थियो। तिनी दानको कुल समूहका थिए। मानोहकी एकजना पत्नी थिइन्। तर तिनीहरूको कुनै नानी जन्मिएका थिएनन्।
एल्कानाका दुइवटी पत्नी थिए। एउटीको नाउँ हन्ना र अर्कीको नाउँ पनिन्ना थियो। पनिन्नाका नानीहरू थिए, तर हन्नाका नानीहरू थिएनन्।
उनले हन्नालाई जहिले पनि बराबरी भाग भोजन दिन्थे उनले हन्नालाई बढी माया गर्थे किनभने परमेश्वरले उनको कोख बन्द गरिदिनु भएको थियो।
एउटी स्त्रीको नानीहरू नहुन सक्लान तर परमेश्वरले तिनलाई छोरा-छोरीहरू दिएर सुखी तुल्याउनु हुनेछ! परमप्रभुको प्रशंसा गर!
तर जकरिया र इलीशिबा निःसन्तान थिए। इलीशिबा गर्भवती हुन सकिनन्, कारण तिनीहरू दुवै बृद्ध भइसकेका थिए।
यस विषयमा ध्यान देऊः तिम्रो आफन्त इलीशिबा पनि गर्भवती छिन् तिनको अवस्था वृद्ध अनि बाँझी कहलाइए पनि अहिले तिनी छ महीनाबाट गर्भवती भएकी छिन्।