Home Bibles उत्पत्ति 1:30 · नेपाली बाइबल
उत्पत्ति 1:30 · नेपाली बाइबल

म फेरि पशुहरुलाई खानका निम्ति हरियो घाँस तथा उद्भिद दिनेछु र पृथ्वीमा भएका प्रत्येक सा-साना घस्रने प्राणीहरु, आकाशमा उड्ने चराहरु अनि पृथ्वीका सबै जनावरहरुले, यी चीजहरु खानेछन्।” अनि यस्तै भयो।

Cross references

उत्पत्ति 6:21

अनि तेरो भागमा सबै प्रकारको खाद्य सामग्री भोजनको लागि जम्मा गर्नु। तेरो र ती सब प्राणीहरुका निम्ति भोजन हुनेछ।”

उत्पत्ति 9:3

कुनै पनि गतिशील चीज तेरो आहारको निम्ति होस्, जस्तो मैले पहिले हरियो उद्भिदहरु खाद्यको निम्ति दिएँ अहिले तलाईं प्रत्येक चीज खानको निम्ति दिन्छु।

अय्यूब 38:39

अय्यूब के तिमीले सिंहहरूको लागि भोजन पाउँछौ? के तिनीहरूका भोका बच्चाहरूलाई खुवाउन सक्छौ?

अय्यूब 39:4

ती पाठाहरू खुल्ला मैदानमा खेल्दै हुर्किन्छन्। त्यसपछि तिनीहरूले आफ्ना आमाहरू छाडदछन अनि कहिले फर्केर आउँदैनन्।

अय्यूब 39:8

जङ्गली गधाहरू पहाड पर्वत तिर बस्छन त्यो तिनीहरूको चौउर नै हो जहाँ तिनीहरूले हरियो घाँस खोज्दछ।

अय्यूब 39:30

जहाँ मरेका सिनुहरू हुन्छन त्यहाँ गिद्धहरू एकत्रित हुने गर्छन। अनि बच्चाहरूले रगत चुस्दछ।”

अय्यूब 40:15

अय्यूब, जलगैडामाहेर। मैले जलगैडा बनाएँ अनि मैले तिमीलाई बनाएँ। जलगैडाले गाईले झैं घाँस खान्छ।

अय्यूब 40:20

जलगैंडाले पशुहरू चर्ने पहाडहरूमा उम्रने घाँस खान्छ।

भजनसंग्रह 104:14

परमेश्वरले पशुहरूको आहारको निम्ति घाँस उमार्नु भयो। उहाँले हामीलाई सागपातहरू रोप्नलाई दिनुभयो। जसलाई हामी हुर्काउने काम गछौं। ती सागपातहरूले पृथ्वीदेखि हामीलाई भोजन दिन्छन्।

भजनसंग्रह 145:15

परमप्रभु, सम्पूर्ण जीवित प्राणीहरूले आफ्नो भोजनको लागि तपाईंलाई नै खोज्दछन् अनि तपाईंले तिनीहरूलाई ठीक समयमा नै आहार दिनुहुन्छ।

भजनसंग्रह 147:9

परमेश्वरले पशुहरूलाई खाना दिनुहुन्छ। परमेश्वरले चराहरूलाई खुवाउनु हुन्छ।

Interlinear

Choose Theme