किन? किनभने परमप्रभुले छ दिनमा आकाश, पृथ्वी, समुद्र अनि तिनीहरूमा भएका प्रत्येक चीज सृष्टि गर्नु लगाउनु भयो अनि सातौं दिनमा उहाँले विश्राम लिनु भयो। यस प्रकारले विश्राम दिनलाई परमप्रभुले आशीर्वाद दिनु भयो। त्यस दिनलाई परमप्रभुले विशेष दिन बनाउनु भयो।
Cross references
आरम्भमा परमेश्वरले आकाश र पृथ्वी सृष्टि गर्नु भयो।
परमेश्वरले तिनीहरुलाई आशीर्वाद दिंदै भन्नुभयो, “धेरै सन्तानहरु उत्पति गराऊ र पृथवी भरेर तिनीहरुको हेरचाह गर। समुद्रका माछाहरु, आकाशमा उड्ने चराहरु अनि पृथ्वीमा हिँडडुल गर्ने, सबै प्राणीहरुमाथि शासन गर।”
परमेश्वरले आफूले सृष्टि गरेका प्रत्येक चीजको निरीक्षण गर्नु भयो अनि सबै असल लाग्यो।त्यहाँ साँझ पर्यो र फेरि अर्को बिहान भयो। यो छैटौं दिन थियो।
परमेश्वरले आफूले गर्दै गरेको काम पूरा गर्नुभयो। यसर्थ, सातौं दिनमा परमेश्वरले आफ्ना कामहरुबाट विश्राम लिनुभयो।
विश्राम दिन म अनि इस्राएलीहरूको बीच एउटा संकेत हो। परमप्रभुले छः दिन काम गर्नु भयो र आकाश र पृथ्वी बनाउनु भयो अनि सातौं दिन उहाँले विश्राम लिनु भयो।”‘
गहिरो गुफाहरू र उच्च पहाड-पर्वतहरू परमप्रभुका सम्पत्ति हुन्।
त्यसपछि येशूले फरिसीहरूलाई भन्नुभयो, विश्रामको दिन मानिसहरूलाई सहयोग गर्नु भनेर नै शुरू भएको हो। विश्राम दिनको नियमहरू पालन गनैर्पर्छ भनेर मानिसहरू बनेको होइन।
सप्ताहको पहिलो दिन, हामी सबै प्रभुको भोज खान एकत्रित भयौं। पावलले अर्को दिन विदा लिने सम्झी तिनीहरूसंग बात मारे। पावलले मध्यरात सम्म गफ जारी राखे।