तिमीहरू यति मूर्ख कसरी बन्नसक्छौ? तिमीहरूले आत्मासित ख्रीष्टमा जीवन शूरू गर्यों। अनि अब के आफ्नै शक्तिले पूर्ण गर्ने कोशिश गर्छौ?यो मूर्खता हो।
Cross references
यसैकारण, अब तिमीहरू अघि जस्तो कमारा छैनौ। तिमीहरू परमेश्वरको पुत्र हौ। आफूले गरेको प्रतिज्ञा परमेश्वरले पूरा गर्नुहुनेछ किनभने तिमी उहाँको पुत्र हौ।
यदि व्यवस्था मानेर धर्मी हुन खोज्छौ भने ख्रीष्टसितको तिमीहरूको जीवन शेष भयो। तिमीहरू परमेश्वरको अनुग्रहदेखि बाहिर निस्कयौ।
कसैले तिमीहरूलाई खतना गर्न कर लगाउलान्। अरूले तिनीहरूलाई मानुन् भन्ने आशामा मात्र तिनीहरूले त्यसो गर्छन्। ख्रीष्टको क्रूसलाई मात्र मान्दा तिनीहरूको खेदो होला कि भनेर ती डराउँछन्।
उहाँ मानव नियम र विधानहरू अनुसार पूजाहारी हुनुभएन। उहाँ आफ्नो अनन्त जीवनको शक्तिद्वारा पूजाहारी हुनुभयो।
त्यो ठाउँ पालभित्र हुन्छ। पालभित्रको पहिलो कोठालाई पवित्रस्थान भनिन्थ्यो जहाँ परमेश्वरलाई दीप, रोटी चढाउनलाई टेबल हुन्थे।
आज यो हामीलाई एउटा उदाहरण भएको छ। यसले स्पष्ट गर्छ कि परमेश्वरलाई चढाएको बलि र भेटीले आराधना गर्ने स्वच्छ बनाउन सक्दैन थियो। यो बलिहरूले आराधना गर्नेलाई हृदयामा पूर्ण पार्दैन थियो।