Home Bibles ☰ Books गलाती 5:4 · नेपाली बाइबल
गलाती 5:4 · नेपाली बाइबल

यदि व्यवस्था मानेर धर्मी हुन खोज्छौ भने ख्रीष्टसितको तिमीहरूको जीवन शेष भयो। तिमीहरू परमेश्वरको अनुग्रहदेखि बाहिर निस्कयौ।

Cross references

रोमी 3:20

किनभने व्यवस्थालाई पछ्याएर कोही पनी परमेश्वरको अघि धर्मी हुन सक्तैन। व्यवस्थाले हाम्रो पापलाई मात्र औंल्याउँछ।

रोमी 4:4

जब कुनै मानिसले काम गर्दछ, उसलाई उपहारको रूपमा ज्याला दिइँदैन। उसले पाउनु पर्ने ज्याला कमाउँछ।

रोमी 9:31

अनि इस्राएलका मानिसहरूले व्यवस्थालाई पछ्याएर धर्मी बन्ने कोशिश गरे। तर तिनीहरू आफ्नो उद्देश्यमा सफल भएनन्।

रोमी 10:3

तिनीहरूले धर्मी बनाउने परमेश्वरको बाटो चिनेनन्। तिनीहरूले आफ्नै तरिकाबाट धार्मिक बन्न खोजे अनि त्यसैले मानिसहरूलाई धर्मी बनाउने परमेश्वरको बाटो तिनीहरूले स्वीकार गरेनन्।

रोमी 11:6

अनि यो परमेश्वरको अनुग्रहकै फल हो भने, त्यो मानिसहरूको कामको फल होइन। नत्र भने परमेश्वरको अनुग्रह नै रहने थिएन।

गलाती 1:6

केही समय अघि परमेश्वरले तिमीहरूलाई उनको अनुसरण गर्नु बोलाए। उनले तिमीहरूलाई आफ्नो अनुग्रहले बोलाए जुन ख्रीष्ट मार्फत आँउछ। तर अहिले तिमीहरूलाई देखेर म छक्क परें कि तिमीहरूले बाटो बिराएका छौ र अर्कै सुसमाचारमा विश्वास गर्न थालेका छौ।”

गलाती 2:21

परमेश्वरबाट पाएको यो वरदान मलाई खुबै महत्वपूर्ण छ। किनभने यदि व्यवस्थाले हामीलाई परमेश्वरको धर्मी बनाउँदो हो त, ख्रीष्टलाई मर्न कुनै आवश्यक थिएन।

गलाती 5:2

सुन! म पावल हुँ। म भन्छु, यदि खतना गरी तिमीहरू फेरि (व्यवस्थामै) र्फकन्छौ भने तिमीहरूका लागि ख्रीष्ट असल हुनुहुन्न।

हिब्रू 6:4

मानिसहरूले ख्रीष्टलाई छोडिदिए पछि, तिनीहरूका जीवनको बाटो फेरि बदल्न सकिएला? सत्य सिक्नेहरू बारे म भन्दैछु। तिनीहरूले परमेश्वरबाट उपहार लिएका छन् र पवित्र आत्माको भागीदार बनेका छन्।

हिब्रू 10:38

जो मसित धर्मी छ उसको विश्वासको कारणले जीवन पाउने छ। तर यदि त्यस मानिसले भयले मुख फर्काउँछ भने म उसित प्रसन्न रहनेछैनँ।”

हिब्रू 12:15

सर्तक बस ताकि कोही पनि परमेश्वरको अनुग्रहबाट बंचित नबनोस्। अनि तिमीहरू मध्ये कोही पनि तीतेपाती जस्तो बडनु हुँदैन र अरूलाई बिगार्नु हुँदैन।

2 पत्रुस 2:20

ती मानिसहरु संसारका नराम्रा कुराहरुबाट मुक्त तुल्याइएका थिए। तिनीहरुलाई हाम्रा प्रभु अनि उद्धारकर्त्ता येशू ख्रीष्टलाई चिनेर मुक्त गराइएका थिए। तर यदि तिनीहरु अझ ती चीजहरु तिर र्फकिन्छन् अनि तिनीहरुको नियन्त्रणमा रहन्छन् भने तिनीहरुको अहिलेको अवस्था शुरुको भन्दा खराब हुनेछ।

Interlinear

Choose Theme