मैले तिनीहरूलाई नदीको छेउमा भेला गरें जो अहवातर्फ बग्छ, हामी त्यहाँ छाउनी लगएर तीन दिनसम्म बस्यौ। मैले ती मानिसहरू अनि पूजाहारीहरूलाई हेरे तर मैले त्यहाँ कुनै लेवीहरूलाई देखिन।
Cross references
इस्राएलका केही मानिसहरू केही पूजाहारीहरू, लेवीहरू गवैयाहरू, द्वारपालहरू, मन्दिरका सेवकहरू।
हामी तिमीहरूलाई सुचित गर्छौं, कि समस्त पूजाहारीहरू लेवीहरू, गायकहरू, द्वारपालहरू, मन्दिरका सेवकहरू अनि परमेश्वरको यो मन्दिरका अन्य सेवकहरूले कुनै प्रकारका तिरो तिर्नु पर्ने छैन।
अनि उसले मलाई राजा, तिनका सल्लाहकार अनि राजाका प्रमुख अधिकारीहरूका उपस्थितिमा उसको प्रेम दर्शाए। परमप्रभु, मेरा परमेश्वरले मलाई सहायता गरिरहनु भएको हुनाले म उत्साहित भएको छु। अनि म संग यरूशलेमसम्म जानका निम्ति इस्राएलका अगुवाहरूलाई एकत्रित गरे।
पीनहासका कुलकाः गेर्शोम, ईतामारका कुलबाटः दानियेल दाऊदका कुलबाटः
त्यहाँ अहवा नदीको छेउमा, हामीहरू अनि हाम्रा केटा-केटीहरू र हाम्रा सबै सम्पत्तिहरूको निरापद यात्राको निम्ति उहाँसित विन्ती गर्नलाई हामी परमेश्वरको समक्ष स्वयंलाई विनम्र तुल्याउन सकौ भनी उपवासको घोषणा गर्यौं।
हामीले यरूशलेम जानका निम्ति पहिलो महिनाको बाह्रौ दिनमा अहावा नदी छोडियौ। अनि हाम्रा परमेश्वर हामीसित हुनुहुन्थ्यो र उहाँले हामीलाई शत्रुहरूको शक्ति र चोरहरूबाट बाटोमा सुरक्षित गर्नुभयो।
हामी बाबेल नदीहरूका किनारमा बसेर सियोनलाई सम्झेर रोयौ।
म बूजीको छोरो पूजाहारी इजकिएल हुँ। म बाबेलमा कैदीहरूसित कबार नदीको किनारमा थिएँ।
म ती कैदीहरू भए कहाँ गएँ जो कबार नदीको तेलाबीबमाबस्दै थिए। म त्यहाँ सात दिन सम्म तिनीहरूको बीचमा छक्क अनि खिन्न भएर बसिरहें।
विश्रामको दिनमा हामी शहरको मुख्य फाटकबाट निस्क्यौं अनि नदी तिर गयौं। हामीले सोच्यौं कि त्यहाँ प्रार्थना गर्ने एउटा ठाउँ हुन सक्थ्यो। केही पत्नी मानिसहरू त्यहाँ भेला भएका थिए। यसकारण हामी बस्यौं अनि तिनीहरूसंग बात गर्न लाग्यौं।