Home Bibles ☰ Books प्रेरित 16:13 · नेपाली बाइबल
प्रेरित 16:13 · नेपाली बाइबल

विश्रामको दिनमा हामी शहरको मुख्य फाटकबाट निस्क्यौं अनि नदी तिर गयौं। हामीले सोच्यौं कि त्यहाँ प्रार्थना गर्ने एउटा ठाउँ हुन सक्थ्यो। केही पत्नी मानिसहरू त्यहाँ भेला भएका थिए। यसकारण हामी बस्यौं अनि तिनीहरूसंग बात गर्न लाग्यौं।

Cross references

मत्ती 5:1

येशूले त्यहाँ भएका धेरै मानिसहरूलाई देख्नु भयो। येशू डाँडामा उक्लेर बस्नुभयो। उहाँका चेलाहरू पनि उहाँको नजिक आएका थिए।

मत्ती 13:2

उहाँलाई अनेकौं मानिसहरूले घेरेका थिए। यसकारण उहाँ एउटा डुङ्गामा चढनु भयो। सबै मानिसहरू चाहि किनारमा बसेका थिए।

मर्कूस 16:15

येशूले चेलाहरूलाई भन्नुभयो, “सारा संसारको हरेक स्थानमा जाऊ र प्रत्येकलाई सुसमाचार प्रचार गर।

लूका 4:20

उहाँले ग्रन्थ बन्द गर्नुभयो। उहाँले त्यो ग्रन्थ सहयोगीलाई दिएर त्यहीं बस्नुभयो। सभा घरमा भएका प्रत्येक मानिसले उहाँ लाई हेरिरहेका थिए।

लूका 13:10

विश्रामको दिन येशूले सभाघरहरूमा शिक्षा दिनुभयो।

यूहन्ना 8:2

बिहानै येशू मन्दिर तर्फ र्फकनुभयो। सबै मानिसहरू येशूकहाँ आए। येशू बस्नु भयो र तिनीहरूलाई सिकाउनु भयो।

प्रेरित 13:14

तिनीहरूले आफ्ना यात्रा जारी राखे अनि पर्गा देखि पिसिदिया शहरको एन्टिओकतिर गए। विश्रामको समयमा, तिनीहरू यहूदीहरूका सभाघरभित्र गए र बसे।

प्रेरित 13:42

पावल र बर्णाबासले सभाघर चोडेर गइरहेको बेला मानिसहरूले फेरि अर्को विश्रामको दिनमा आउनुहोस् भने अनि यी कुराहरूबाट अझ अधिक भन्नु होस् भनी तिनीहरूलाई विन्ती गरे।

प्रेरित 16:6

पावल र तिनीसंग अन्य मानिसहरू फ्रिगिया र गलतिया भन्ने देश हुँदै गए। पवित्र आत्माले तिनीहरूलाई एशिया देशमा देश सुसमाचार प्रचार गर्ने अनुमति दिनु भएन।

प्रेरित 17:2

लिस्त्रा र आइकोनियमवासी विश्वासीहरूले तिमोथीलाई सम्मान गर्थे। तिनीहरूले उनको विषयमा राम्रो कुरा गर्थे।

प्रेरित 18:4

प्रत्येक विश्रामको दिन पावल सभाघरमा यहूदीहरू र ग्रीकहरूसंग कुरा गर्थे। तिनले येशूमा विश्वास पार्न लगातार तिनीहरूमाथि प्रयत्न गरिरहे।

प्रेरित 20:7

सप्ताहको पहिलो दिन, हामी सबै प्रभुको भोज खान एकत्रित भयौं। पावलले अर्को दिन विदा लिने सम्झी तिनीहरूसंग बात मारे। पावलले मध्यरात सम्म गफ जारी राखे।

प्रेरित 21:5

तर जब हामीले त्यहाँको भ्रमण शेष गर्‌यो, विदा लियौं र यात्रा जारी नै राख्यौ। सबै येशूका चेलाहरू यहाँ सम्म कि स्वास्नीमानिसहरू र केटाकेटीहरूले पनि हामीलाई बिदा दिन शहर बाहिरसम्म आए। हामी सबैले किनारमा घूँडा टेक्यौ अनि प्रार्थना गरयौ।

Interlinear

Choose Theme